अभिनेता सौगात मल्लले निर्माण गर्ने भए चलचित्र ‘दि सेक्रेट्स अफ राधा’

काठमाडौं । अभिनेता सौगात मल्लले चलचित्र निर्माण गर्ने भएका छन् । निर्देशक सुवर्ण थापासँग मिलेर उनले ‘दि सेक्रेट्स अफ राधा’ निर्माण गर्न लागेका हुन् । माघको अन्तिम सातादेखि छायांकन गरिने उक्त चलचित्रमा सौगातकै मुख्य भूमिका रहने निर्माण पक्षले जनाएको छ ।

सौगातको आदियोगी भिजन र सुवर्णको ब्यानरमा बन्ने यो चलचित्रको अहिले धमाधम कार्यशालाको काम चलिरहेको छ । निर्देशक सुवर्ण थापाले अभिनेता सौगातसँग चलचित्र बनाउन लागेको जनाउँदै चाडै नै पत्रकार सम्मेलन गरेर चलचित्र सार्वजनिक गर्ने बताए ।सौर्य दैनिकमा खबर छ ।

चलचित्रको कथा नखुलाइए पनि सुवर्णले निर्देशन गरेका ‘सुनगाभा, फन्को, बाटोमुनिको फूल २’ लगायतले चर्चा पाएका थिए । नेपाली चलचित्रका धेरै अभिनेता चलचित्र निर्माणमा अघि सरिरहेको बेलामा सौगात पनि निर्माणमा अघि आएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker