सनी लियोनीविरुद्ध ठगीको आरोप

काठमाडौ । बलिउडकी चर्चित अभिनेत्री सनी लियोनीविरुद्ध ठगीको आरोप लागेको छ । पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठगी गरेको आरोप लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रेयसका अनुसार सनी लियोनीले दुई कार्यक्रमका लागि श्रेयससँग सो रकम लिएकी थिइन् । तर, रकम पाएपछि सनि कार्यक्रममा उपस्थित भइनन् । यही सिलसिलामा केरलमा छुट्टी मनाइरहेकी सािलाई केरल क्राइम ब्रान्चले शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो ।समचारपत्रमा खबर छ ।

सनीले सोधपुछका क्रममा कोरोनाका कारण सो कार्यक्रममा भाग लिन असमर्थ रहेको बयान दिएकी छन् । यस्तै, सनीका अनुसार आयोजकले पाँच पटकसम्म सो कार्यक्रम रद्द समेत गरेका थिए । सनिले प्रहरीसँग यदि श्रेयसले अन्य कुनै दिन कार्यक्रमको आयोजना गरेमा आफू उपस्थित हुने बताएकी छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker