बिष्णु माझी र भरत भट्टको ‘तम्रै रुप देखिन्या’

काठमाडौं । लोकप्रिय गायिका बिष्णु माझी र भरत भट्टको स्वरमा रहेको गीत ‘तम्रै रुप देखिन्या’ सार्वजनिक भएको छ । निकै रमाइलो ढंगले लय तथा शब्द तयार पारिएको माया प्रेममा आधरित गीतमा समुहमा भक्तराज भट्ट, पुष्पा बोहरा र स्मृति शाहीको स्वर रहेको छ । गीतमा संगित भक्तराज भट्टको रहेको छ, भने लय झलक भट्टको रहेको । गीतमा एरेन्ज भने चर्चित एरेन्जर आशिष अविरलको रहेको छ ।

निकै रमाइलो सो गीतको म्युजिक भिडियोमा जुना सुन्दास, सुन्दर सदाशंकरको विशेष नृत्य तथा अभिनय देख्न सकिन्छ । म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन । राजेश घिमिरेले खिचेको भिडियो विष्णु शर्माले सम्पादन गरेका हुन ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker