
काठमाडौं । पुस अन्तिमबाट छायांकन थालिएको चलचित्र ‘चुरीफुरी’ मार्फत मोडल अभिषेक श्रेष्ठले ठूलो पर्दामा डेब्यु गरेका छन् । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको चलचित्रमा अभिषेकका साथमा पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेतको मुख्य भूमिकामा रहेको छ ।
समसामयिक विषयमा केन्द्रित रही बनाइएको यो चलचित्र हास्य प्रदान रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा अभिनेता रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुवोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ तथा ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिष्मा मगर लगायतले अभिनय छ । सौर्य दैनिकमा खबर छ ।
नयाँ कलाकार अडिसनबाट चयन गरिएको निर्देशक आचार्यले बताए । उनका अनुसार ‘चुरीफुरी’ को अडिसनमा करिब ८ सय युवायुवतीले प्रतिस्पर्धा गरेका थिए । आरबि मुभिजको ब्यानरमा निर्देशक आचार्य स्वयं र रिना ढकाल निर्माता रहेको चलचित्रको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा रहेहा छन् । राहुल राईले खिचेको चलचित्रमा भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ । नवीन निरौलाले सम्पादन गर्ने चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।
facebook sharing button