प्रियंकालाई निर्देशकले भने ‘हिरोइन बन्ने हो भने स्तन ठूलो बनाउ’

मुम्बई । हलिउडमा समेत प्रभाव पार्न सफल बलिउड नायिका प्रियंका चोपडा अहिले उनकै पुस्तक ‘अनफिनिस्ड’ को कारण चर्चामा छिन् । उक्त पुस्तकमा प्रियंकाका केही भोगाइहरु छन् ।

भारतीय पत्रिका इण्डिपेण्डेटका अनुसार प्लाष्टिक सर्जरीको प्रसंगमा उनको एउटा भनाई चर्चाको विषय बनेको छ । प्रियंकाका अनुसार सन २००० मा जब मिस वल्र्डको उपाधी हात पारिन् । एक निर्देशकसंग उनको चिनाजानी भयो । उनले भनेकी छिन् ‘कामकै शिलसिलामा ति निर्देशकसंग मेरो भेट भयो थोरै कुराकानी भएपछि उभिएर उनले मलाई घुमेर हेरे ।’राजधानि दैनिकमा खबर छ ।

केही बेर घुमेर हेरेपछि ति निर्देशकले भने ‘यदि हिरोइन बन्न चाहन्छ्यौ भने स्तन ठूलो बनाउ त्यसका लागि सर्जरी गर ।’ निर्देशकको कुरा सुने पछि उनका मेनेजरले पनि ठिक हो भने । प्रियंका भन्छिन् ‘त्यसपछि मेनेजरको र मेरो बाटो फरक भयो ।’

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker