‘फटाह फणिन्द्रे’ बन्दै कर्मा

काठमाडौं । अरुण खड्काको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘फटाह फणिन्द्रे’ मा अभिनेता कर्मा मुख्य भूमिकामा देखिने भएका छन् । मंगलबार निर्माता अरुण खड्काले चलचित्रमा कर्मासँगै अभिनेत्री छुल्ठिम गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरेको जनाए । केही समयअघि सार्वजनिक गरिएको यो चलचित्रको मुख्य भूमिकामा अभिनेत्री सुष्मा कार्की चयन भएकी थिइन् । निर्माण पक्षका अनुसार चलचित्रका अन्य कलाकार छनोटको क्रममा छन् ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालिको संयुक्त ब्यानरमा निर्माण हुन् लागेको चलचित्रको प्रस्तुतकर्ता सुनिल मानन्धर हुन् । विक्रमसिंह गुरुङ निर्माता र नेत्र विष्ट कार्यकारी निर्माता रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व रहने छ ।सौर्य दैनिकमा खबर छ । उतक केसीको कथा रहेको चलचित्रमा पटकथा, संवाद हिमाल उप्रेती सुशील पोखरेल र अरुण खड्काको रहेको छ । चैत्रको पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रले अपराधको विषय कमेडीको माध्यमबाट पस्कन लागेको निर्देशक खड्काले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker