‘कृष्ण–लीला’ को गीतको यस्तो चर्चा

काठमाडौ-चैत्र २७ मा रिलिज हुने बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनीक भएको छ । अभिनेता पुष्प खड्का र नवअभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड गीतमा उनीहरु निकै प्रेमील भावमा प्रस्तुत भएका छन् ।सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् ।

दीपक ओली निर्देशीत फिल्मको सो गीत पूर्वी नेपालको इलाम, झापा र पाँचथरका बिभिन्न रमणीय स्थानमा खिचिएको हो । नयाँ बर्ष ०७८ को अबसर पारेर प्रदर्शन गर्न लागीएको फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लभस्टोरी जनराको फिल्मको लेखन लक्ष्मण सुवेदी, छायांकन शिब ढकाल र बाबु श्रेष्ठ, द्धन्द्ध श्री श्रेष्ठको छ । प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई,आयुषा क्षेत्री,पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दै छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker