युटुबमा भाइरल भएका अलिफ खानको प्रतिक्षित गीत ‘छुँदिन म जाले रुमाल’ सार्वजनिक

गायक अलिफ खानको ‘छुँदिन म जाले रुमाल’ बोलको गीत सार्वजनिक गरिएको छ । डिभाइन म्युजीकको प्रस्तुती रहेको उक्त गीतमा खानको स्वर सहित अभिनय पनि रहेको छ । बिशेषगरी मुस्लिम समुदायका खान आफू मुस्लिम भएकै कारण गायक बन्न गाह्रो भएको भन्दै सामाजिक सञ्जाल तथा बिभिन्न युट्युव च्यानलहरुमा अन्तर्वार्ता दिएपछि उहाको चर्चा चुलिएको थियो । त्यसपछि चर्चित संगीतकार अर्जुन पोखरेलसँग दुईवटा गीतमा काम गर्ने सम्झौता भएको थियो ।

अर्जुन पोखरेलको संगीत रहेको उक्त सार्वजनिक गीत साजन साहले मिक्सिंग गर्नुभएको हो । ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा इन्जमान अलि खान र श्रेया सिटौलाको अभिनय रहेको छ । भिडियो बिधान कार्कीले निर्देशन गर्नुभएको हो ।

गायक खानको यस गीत प्रतिक्षित बनेको थियो । धेरै ठाउँमा अन्तर्वार्ता दिँदै गर्दा उनको पहिलो गीत कस्तो बन्नेछ भन्ने कुरामा अधिकांश दर्शक तथा स्रोता प्रतिक्षारत थिए । खानले संगीत भरेका गीतहरु पनि यसअघि पनि सार्वजनिक भइरहेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker