सालको पात पछि कुलेन्द्र बिश्वकर्माले ल्याए आफ्नै च्यानलबाट नया गीती ‘जुनकिरी’

पर्वत- लोकदोहोरी क्षेत्रमा डेढ दशकदेखी सुमधुर आवाज मार्फत राज गरिरहेका गायक कुलेन्द्र विश्वकर्माको नयाँ गित ‘जुनकिरी’ सार्वजानिक भएको छ । हजारौँ चर्चित लोक दोहोरी गितमा स्वर दिएका कुलेन्द्रको यसअघि ‘सालको पात टपरी’ बोलेको गित सर्वाधिक हिट भएपछि कुलेन्द्रले ‘जुनकिरी’ एल्बम बजारमा ल्याएका हुन् । कुलेन्द्र विश्वकर्माको आफ्नै अफिसियल यूटुब च्यानल मार्फत गितको अडियो र भिडियो सार्वजानिक भएको हो । सार्वजानिक भएको छोटो समयमै गित सर्वत्र चासो र चर्चाको रुपमा हेर्न थालिएको छ ।
गायक विश्वकर्माको जादुमय स्वरमा सजिएको गितमा सुगम संगितकी चर्चित गायिका मेलिना राईले साथ दिएकी छन् । प्रल्हाद सुवेदीको शव्द संकलन र योगेश काजीको संगित संयोजनमा गित बजारमा आएको हो । गायक विश्वकर्मा र सर्जक सुवेदीको सहकार्यमा यस अगाडि ‘नजाउ है सानु पँधेरीमा’ बोलको गित नेपाली लोकगित साँगितिक क्षेत्रमा अत्याधिक सफल मानिन्छ । विश्वकर्मा र सुवेदीको सहकार्यमा तयार भएको ‘जुनकिरी’ लाई अहिले नेपाली लोक दोहोरी क्षेत्रमा निकै चासो र चर्चाको रुपमा हेरिएको छ ।

यो गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । म्युजिक भिडियोमा गायक कुलेन्द्र सँगै नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका निता ढुङगानाको दमदार अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन मौसम हिमाली ले गरेका हुन् । भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् ।गितको म्युजिक भिडियो हेर्नुहोस्…

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker