जीवन रक्षा औषधीकाे मागमा सम्बाेधन नभए चरणबद्ध आन्दाेलन गर्ने

रिकभरिङ्ग नेपाल , वागमति प्रदेशले हेपाटाईटिसको उपचार साथै जिवन रक्षा औषधीको पहुँचमा सराेकार राख्ने निकायलाई विभिन्न माग राखेका छन् । हेपाटाइटिस सी औषधी उपचारबाट पुर्ण रुपमा निकाे पार्न सकिने राेग हाे । तर, नेपालमा औषधी र उपचारको अभावमा धेरै नेपालीले ज्यान गुमाइरहेका छन् ।


भाइरल हेपाटाइटिस बि र सि बाट हरेक वर्ष विश्वमा ११ लाख नागरिकको मृत्यु हुने गरेकाे छ । यसलाई एचआइभी र क्षयरोगबाट हुने मृत्युसँग तुलना गर्न सकिने रिकभरिङ नेपाल वागमती प्रदेशका अध्यक्ष दिवाकर राज श्रेष्ठले बताए । नेपाल हेपाटाइटिस बी र सी काे न्यून संक्रमणदर भएको मुलुकमा पर्छ ।



विशेषगरि युवा सङ्क्रमित, सुईबाट लागू औषध प्रयोगकर्ताहरू र यौनकर्मीहरूमा यसको संक्रमण दर उच्च रहेको छ । विश्व स्वास्थ्य संगठन अनुसार, नेपालमा सुई द्वारा लागू औषध प्रयोगकर्ताहरुमा हेपाटाइटिस सी को संक्रमण दर २७.४८ प्रतिशत अन्य जोखिम समूह भन्दा उच्च रहेको देखाएको छ ।


हेपाटाइटिस सम्बन्धी नेपाल सरकारले जारी गरेको पहिलो राष्ट्रिय रणनीतिक दस्तावेजले भाइरल हेपाटाइटिस बी र सी राष्ट्रिय रणनीति २०२३- २०३०” ले नेपालमा भाइरल हेपाटाइटिस जनस्वास्थ्य समस्याको निवारणका लागि प्रतिबद्धता जनाएको छ। सरकारकै रणनीतिले सन २०३० सम्म भाइरल हेपाटाइटिसको समस्या निदान गर्न, प्रभावकारी रोकथाम गरि संक्रमण दर ९०% ले घटाउने र उपचारको पहुच बढाई संकमित व्यक्तिको मृत्यु दर ६५% ले घटाउने लक्ष्य लिएकाे छ ।


यस भाइरल हेपाटाइटिस राष्ट्रिय रणनीति २०२३-२०३० को निर्माण संघीय र प्रादेशिक सरकार, विकास साझेदार, नागरिक समाजका सङ्घसंस्था र समुदायका प्रतिनिधि लगायत सबै सरोकारवा बीचको सहकार्य मूलक प्रयासमा नेपाल सरकारले २०३० सम्ममा भाइरल हेपाटाइटिसलाई जनस्वास्थ्यको समस्याको रुपबाट अन्त्य गर्नका लागि ६९ औं विश्व स्वास्थ्य सम्मेलनले अनुमोदन गरेको संकल्प प्रस्ताम ६९ दशमलब २२ प्रति प्रतिवद्धता जनाएको छ ।

दिगो विकास लक्ष्य ( Sustainable Development Goal 3.3) ले पनि सन् २०३० सम्ममा भाइरल हेपाटाइटिस निवारण गर्ने लक्ष्य राखे अनुरूप राष्ट्रिय एड्स तथा यौनरोग साथै हेपाटाइटिस नियन्त्रण केन्द्रले राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१ – २०२६ अनुसार एचआईभी, भाइरल हेपाटाइटिस बी र सी को सहसङ्क्रमण जाँच तथा उपचारलाई मुख्य कार्यक्रमको रूपमा सुरु गरेको सहसङ्क्रमण नभएकाहरुलाई उपचारको प्रथमिकतामा नराखेको तर उपचार तथा औषधीको अभावमा धेरै व्यक्तिहरुले ज्यान समेत गुमाईरहेका छन् ।

उपचार पाउनु कुनै पनि नागरिकको मौलिक स्वास्थ्य अधिकार हो । हेपाटाइटिसको उपचार सम्भव छ । एक पटकको उपचारले निको हुन्छ जिवनभरि ओेैषधी खाईरहनु पर्दैन त्यसैले हेपाटाइटिस सी संक्रमणका कारण उपचारको पखाईमा रहेका लागू औषध प्रयोगकर्ताहरु र जोखिम समूहलाई उपचार तथा औषधी उपलब्ध गराई स्वस्थ्य जिवन जिउन, हेपाटाइटिको संक्रमण दर कम गर्न र नागरिकको जिवन रक्षा गर्न नेपाल सरकार समक्ष अविलम्ब माग गर्दछ विज्ञप्तिमा भनिएको छ ।

हेपाटाइटिसको उपचारको अभावमा कुनै व्यक्तिले ज्यान गुमाउन नपरोस । नेपाल सरकारले पुर्‍याउने उपचार र औपाधीको सहयोगमा अन्य सहयोगको लागि यस महासंघ र सम्बन्धित संस्थाहरु सहकार्य गर्न तयार रहेको पनि जानकारी गराउन चाहन्छौ अध्यक्ष श्रेष्ठले भने। उनिहरुले मागकाे संवोधन आगामी ६ महिना सम्म पुरा नभएमा देश व्यापि रुपमा विरोध कार्यक्रम संचालन गर्न बाध्य हुने बताए साथै रिकभरिङ्ग नेपाल वागमति प्रदेशले स्वास्थ्य मन्त्रालय प्रदेश र जिल्लाहरुमा ज्ञापनपत्र हस्तान्तरण कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालय,मकवानपुर,हेटाैडा र जिल्ला स्वास्थ्य कार्यालय चितवनमा ज्ञापनपत्र हस्तान्तरण गरीयो ।उपस्थित यस महासंघमा आवद्ध सम्पूर्ण संघसस्थाका प्रतिनिधिहरुमा अध्यक्ष श्रेष्ठले धन्यवाद ब्यक्त गर्नु भयाे।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker