
सौराहामा बछौली नारी चेतना साकोसको आयोजनामा चौंथो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन तथा कार्यसाला सम्पन्न भएको छ।
बछौली नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आज सौराहामा नारायणी छैठौं समुहको कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यसाला सम्पन्न भएको हो। संस्थाका अध्यक्ष भागिरथी कुमारी घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेफस्कुनका लेखा संयोजक नवराज सापकोटा प्रमुख अतिथी रहेका थिए।
प्रोवेशन कार्यक्रममा आबद्द चितवन जिल्लाका १० वटा सहकारी संस्थाले पर्ल्स सुचाकंको आधारमा संस्थाको प्रस्तुतीकरण गरेका थिए । सहकारीकर्मी ब्यक्तित्वहरुको सहभागीता रहेको उक्त कार्यक्रममा सहकारीलाई कसरी ब्यवस्थित र पारदर्शी ढङ्गले संचालन गर्नसकिन्छ भन्ने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो। प्रत्येक ३ महिनामा संस्थाको बारेमा प्रस्तुतीकरण गर्ने गरी आयोजना गरिने यस कार्यक्रमले सहकारी संस्थाहरु शुसासन मा रहन प्रोत्साहीत गरेको छ।