पञ्चकन्याका विद्यार्थीलाई दुना टपरी बनाउने प्रशिक्षण (फोटो फिचर)

भदौ ०१ गते, शुक्रवार
रत्ननगर, चितवन

रत्ननगर १३ को सामुदायिक बिद्यालय पञ्चकन्या माद्यामिक बिद्यालयका विद्यार्थीहरुलाई दुना टपरी बनाउने प्रशिक्षण दिइएको छ । जीवनाेपयाेगी शिक्षा अन्तर्गत सीप तथा दक्षता अभिबृद्धी गर्ने लक्ष्य अनुसार बिधार्थीलाई स्थानिय साधन र स्राेतकाे प्रयाेगमा आधारित टपरी बुन्ने कार्यशाला सञ्चालन गरेको बिद्यालयका सह प्राध्यापक रमेश भट्टले जानकारी दिनुभयो ।


प्रशिक्षणको उद्घाटन शत्रमा आयोजित कार्यक्रमको अध्यक्षता बिद्यालयका प्रधानाध्यापक अनिता पाैडेलले गर्नु भएकाे हो ।
बिधालयका महिला शिक्षिका कमला तिबारी, तुला लामिछाने , सीता पाण्डे र देबी चालिसेले प्रशिक्षण दिनुभएको हो । प्रशिक्षार्थी काे रुपमा बिधालयकाे शिक्षिकाहरु समेत बिधार्थी संगै सकृय सहभागी भएका हुन । उत्कृष्ट प्रशिक्षकमा शिक्षक कमला तिबारी सम्मानित हुनु भएकाे थियाे ।

बिद्यालयले प्रत्येक शुक्रवार जीवनोपयोगी शिक्षाको कार्यक्रम संचालन गर्दै आएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker