मैनाली हार्डवेयरमा साेमानी शाेरुम उद्घाटन 

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं १ साैराहाचाेकमा रहेकाे मैनाली हार्डवेयरमा साेमानी शाेरुम उद्घाटन गरिएकाे छ ।

भारतकाे साेमानी कम्पनीले उत्पादन गरेका टायल र बाथरुमका सामान विक्रीका लागि तयार गरिएकाे शाेरुमकाे आइबार उद्घाटन गरिएकाे हाे । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले शाेरुमकाे उद्घाटन गरेका हुन । साे अबसरमा उनले गुणस्तरीय सामानका शाेरुम र उद्योग सञ्चालनले राेजगारी सृजना गर्ने बताए । शाेरुम सञ्चालनसंग गुणस्तरीय सामानका लागि जिल्लाका अन्य बजार धाउनु पर्ने अबस्थाकाे अन्त्य भएकाे उनले बताए ।

कार्यक्रममा कम्पनीका एरिया सेल्स म्यानेजर संजय घितालले कम्पनीकाे उत्पादनकाे बारेमा जानकारी गराएका थिए । साे शाेरुपबाट साेमानी कम्पनीले उत्पादन गरेका गुणस्तरीय सामाग्री विक्रीका लागि राखिएकाे छ । सो शोरुम सोमानी कम्पनीको चितवनमै पहिला हो । मैनाली हार्डवेयरका सञ्चालक राजेन्द्र मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सोमानी कम्पनीका सहायक प्रमुख सुजित मोहन्ते, रिजनल म्यानेजर रुपेश मनोट, वडाध्यक्षहरु कुलप्रसाद सापकोटा, कृष्ण चौधरी, राजेन्द्र घिमिरे, चितवन उवासंघका उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, रत्ननगर उवासंघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, रत्ननगर खानेपानीका अध्यक्ष माधव अर्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मैनाली हार्डवेयरका सञ्चालकद्धय पूर्णप्रसाद मैनाली र सोविन मैनालीले ग्राहकहरुका लागि सेवा र गुणस्तरको बारेमा जानकारी गराएका थिए ।

Video Link :

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker