भरतपुरमा अब प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकता : मेयर रेनु दाहाल

चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालले शैक्षिक पूर्वाधारको हिसाबले महानगरलाई अब्बल बनाउदै प्राविधिमैत्री शिक्षालाई उच्च प्रथामिकता दिएको बताउनुभएको छ । विद्यालयको भौतिकस्तर वृद्धि हामीले कुनै पनि कसर बाँकी नराखि काम भएको छ, उहाँले भन्नुभयो शिक्षाको क्षेत्रमा अब प्राविधक तथा गुणस्तरीय शिक्षा प्रदानका निम्ति भरतपुरले विशेष प्रथामिकता दिएको छ ।

श्री माध्यामिक विद्यालय गोरीगञ्ज भरतपुर ८ को नवनिर्मित ३ तले भवनको उद्धघाटन गर्दै मेयर रेनुले प्राविधिैत्री शिक्षा आजको आवश्यकता भएको भन्दै प्रविधिमैत्री विद्यालय बनाउन आफु अग्रसर बनेको बताउनुभयो ।

महानगरले विद्यालयहरुको पूर्वाधारमा राम्रै विकास गरेको र अब भने गुणस्तरीय बृद्धि गराउनेतर्फ ध्यान केन्द्रित गरेको उहाँको भनाई थियो । उहाँले सबैमा शिक्षा पुराउन महानगरमा अटिजम, बहिरा, नेतृहीन, सुस्त मनस्थिती, मस्तिष्क पक्षाघातका बालकालिकालाई छुट्टा छुट्टै पढाई सञ्चालन हुनेले पनि यसको पृष्टि गरेको जानकारी गराउनुभयो । उहाँले श्रीमाविलाई ध्यानमा राख्दै महानगरको शिक्षा ईकाइ, पूर्वधार जिल्ला आयोजना कार्यान्वयन ईकाइ र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको संयुक्त अनुदानमा ३ तलेको १६ कोठे भवन बनाएको बताउनुभयो ।

यस्तै उपमेयर  रहेका सम्पूर्ण विद्यालयको गुणस्तर वृद्धिका लागी तथा प्रविधिक शिक्षा प्रदान गरेकाले यसको सम्पूर्ण विद्यार्थीले लाभ लिन आग्रह गरेका छन् ।
सोही अवसरमा भरतपुर महानगरको अनुमति तथा साझेदारीमा एसोएस बालग्राम नेपाल मार्फत सञ्चालित एसोएस स्वीजरल्याण्डको सहयोगमा सञ्चालित शैक्षिक परियोजनाद्धारा महागरको तीन वडाका ६ विद्यालयलाई आईसीटी सामाग्री समेत हस्तान्तरण गर्नुभएको थियो ।

३ बर्षसम्म पाईलट परियोजनाको रुपमा सञ्चालित यस कार्यक्रम अन्र्तगत ३६ लाख रुपैया बराबरको आइृसिटी सामाग्री दिएको एसोएस परियोजनाका संयोजन कृष्ण केसीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा न.. ८ का वडा अध्यक्ष जीवननाथ कडेँल, वडा नं.७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, सहिदस्मृति काविका प्रचार्य रमेश अधिकारी, बाल क्बलकी सहसचिव जस्मिन पौडेल, श्रमाविका सह प्चार्य पदमश.कर सापकोटा लगायले बालेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker