
भरतपुरमा आज स्वास्थ्य सिविर सम्पन्न भएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर २ मा रहेको रामकृष्ण आमा समुहको आयोजनामा भएको स्वास्थ्य सिविरमा ५१ जनाले दन्त परिक्षण र ९१ जनाले मधुमेहको चेक जाँच गराएका थिए।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम बागमती प्रदेशका स्वास्थ्यमन्त्री माननीय उत्तम जोशीले अब उपचारको अभावमा कसैले बस्न नपर्ने भन्दै सरकार नागरिकप्रतिको उत्तरदावित्व बहन गर्न तयार रहेको बताउनु भएको छ।
रामकृष्ण आमा समुहको अध्यक्ष सङ्गिता अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भरतपुर २ का वडा अध्यक्ष मनोज रानाभाट लगायतको सहभागीता रहेको थियो।