रत्ननगरमा नकआउट फुटबल प्रतियोगिता सुरु

पुर्वी चितवनको रत्ननगर नगरपालिकामा दोस्रो टोल स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ।
रत्ननगर नगरपालिका वडा नम्बर ५ मा रहेको झुवानी युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो।
नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित हुने फुटबल प्रतियोगितामा रत्ननगर ५ भित्र रहेका टोल सुधार समितिमा रहेका खेलाडीहरुले टिम बनाई एक आपसमा प्रतिस्पर्धा गर्नेछन।

कार्यक्रमका प्रमुख अतिथी एवम रत्ननगर ५ का वडा अध्यक्ष बालकृष्ण चापागाईंले झुवानी युवा क्लबले आयोजना गरेको कार्य तारिफयोग्य रहेको बताउदै वडाको तर्फ बाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उक्त कार्यक्रम क्लबका उपाध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker