खैरहनिका तेक्वान्दो खेलाडी भट्टलाई रत्ननगरमा सम्मान

कार्तिक २७ गते । मलेसिया अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगितामा लगातार तीन पटक स्वर्ण पदक जितेका चितवन खैरहनिका सन्तोष भट्टलाई रत्ननगरमा सम्मान गरिएको छ । चितवन तेक्वान्दो डोजाङ र रत्ननगर तेक्वान्दो संघले सोमबार एक कार्यक्रमका बिच नगद ७० हजार रुपैयाँ र प्रसंसा पत्रले सम्मान गरेका हुन । दुई संस्थाले छुट्टाछुट्टै चेक हस्तान्तरण गरेका थिए । चितवन तेक्वान्दो डोजाङको तर्फबाट कृष्ण चौधरी र रत्ननगर तेक्वान्दो संघको तर्फबाट संघका अध्यक्ष नारायण नहर्किले चेक हस्तान्तरण गरेका हुन् ।
चितवन तेक्वान्दो डोजाङले ५० हजार तथा संघले २० हजार रुपैयाँ प्रदान गरेका हुन् । लगातार स्वर्ण पदक जितेको र मलेसियामा हुदै आएको प्रतियोगितामा नेपाली टिमलाई सहयोग गर्दै आएकाले भट्टलाई सम्मान गरिएको तेक्वान्दोका चितवन सिनियर प्रशिक्षक रोशन खानले बताए ।
भट्ट मलेसियामा रोजगारी संगै खेललाई पनि अघि बढाईरहेका छन् । कामको खाली समयलाई सदुपयोग गर्दै तेक्वान्दोमा पनि सहभागी हुँदै आएको र लगातार पदक जितेर नेपालको नाम अन्तरास्ट्रियस्तरमा चिनाउन पाउँदा खुसी लागेको भट्टले बताए ।सम्मान कार्यक्रम रत्ननगर ८ का वडा अध्यक्ष तथा खेलकुद बिकास समिति संयोजक कृष्ण चौधरी को विशेष आतिथ्यतामा भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker