कालिकाका जनप्रतिनिधि तथा कर्मचारीले जाजरकोट भूकम्प पीडितलाई ६ लाख ६४ हजार राहत दिने

रत्ननगर, मंसिर २३ । चिवनको कालिका नगरपालिकाका जनप्रतिनिधि सहितका कर्मचारीहरुले रु. ६ लाख ६४ हजार १ सय १३ रुपैंया सहयोग गर्ने भएका छन् ।

नगरपालिकाका जनप्रतिनिधिको रु. १ लाख २७ हजार, नगरपालिका तर्फका कर्मचारीबाट रु. १ लाख २ हजार ६ सय ७९, स्वास्थ्य तर्फका कर्मचारीबाट रु.८० हजार ८ सय २३ र शिक्षा तर्फका शिक्षकबाट रु ३ लाख ५३ हजार ६ सय १० रुपैँया गरी रु. ६ लाख ६४ हजार १ सय १३ रुपैंया जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा रु. ६ लाख ६४ हजार १ सय १३ रुपैंया व्यक्तिगत रुपमा रकम संकलन गरी जम्मा गरिएको नगरपालिकाका लेखा शाखा प्रमुख ऋषि प्रसाद कडुवालले जानकारी दिए ।

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर कार्तिक १७ गते शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker