अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा सुरज पाैडेल चयन

रत्ननगर । अर्पण बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा माेहदत्त पाैडेल(सुरज) सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न १४ औ बार्षिक साधारण सभा तथा छैठाै अधिवेशनले पाैडेलकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा रामकुमार बजगाई, सचिवमा महेश पाण्डे,काेषाध्यक्षमा टुकानाथ आचार्य र सदस्यहरुमा ध्रुवराज लामिछाने, तुलसीदेवी सुवेदी, सावित्री पाैडेल, भगवती देवकाेटा, चन्द्रनारायण श्रेष्ठ, धनञ्जय शर्मा, गाेविन्द पाैडेल चयन भएका छन् । अधिवेशनले लेखा समिति संयाेजकमा किशार चालिसे र सदस्यहरुमा कृष्णप्रसाद आचार्य,डिलकुमारी गिरीलाई चयन गरेकाे छ । राष्ट्रिय सहकारी बाेर्डका सहअध्यक्ष मित्रराज दवाडी प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा निर्तमान अध्यक्ष मेघनाथ पाैडेलले भावि कार्ययाेजना, सचिव किशाेर चालिसेले प्रगति प्रतिबेदन,काेषाध्यक्ष रामकुमार बजगाईले आर्थिक प्रतिबेदन तथा लेखा समिति संयाेजक दिनेश रेग्मीले लेखा परीक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा २ जना असल बचतकर्ता, २ जना उत्कृष्ट ऋणि,१ जना ज्येष्ठ शेयर सदस्य, एक जना कर्मचारीलाई सम्मान गरिएकाे थियाे । संस्थका अध्यक्ष पाैडेलकाे अध्यक्षतमा भएकाे कार्यक्रममा वडा नं १ का वडाध्यक्ष कुल प्रसाद सापकाेटा, जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी, जिल्ला बचत तथा ऋण सहकारी संघका काेषाध्यक्ष गाेविन्द भट्टराई, जनजागृति सहकारीका निवर्तमान अध्यक्ष रमाकान्त पाैडेल, सहकारीका पूर्व अध्यक्ष यमन भूषाल लगायतले मन्तब्य राखका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker