जनजागृतीको साधारण सभा : उत्कृष्ट कारोबार गर्ने शेयर सदस्य सम्मानित

रत्ननगर । रत्ननगर वडा नं १ बकुलहरमा रहेको जनजागृती सहकारी संस्था लि. को २८औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाका अध्यक्ष माधवप्रसाद पौडेलले भावि कार्ययोजना, सचिव दीपेन्द्र चापागाईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विष्णु प्रसाद शर्मा, लेखा समिति संयोजक मदनराज घिमिरेले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट कारोवार गर्ने रमा पौडेल, चन्द्रिका बस्नेत, शिखाराम महतो, थिरनाथ सुवेदी, शालिग्राम रेग्मी, टंकनाथ पौडेल, रामकृष्ण गिरी, बचततर्फ असल ऋणिका रुपमा बसन्ती महतो, उत्कृष्ट कर्मचारी सन्ध्या पौडेल तथा पूर्व अध्यक्षहरु हरिलाल सुवेदी, मोहन अधिकारी र रमाकान्त पौडेललाई सम्मान गरिएको छ । कार्यक्रममा उपमेयर यादवप्रसाद पाठक, जिल्ला समन्वय समितिका सदस्य संजिव पौडेल, जिल्ला सहकारी संघका बरिष्ट उपाध्यक्ष प्रेमनाथ दुवाडी, संस्थाका संस्थापक अध्यक्ष एकनारायण पौडेल पूर्वअध्यक्षहरु हरिलाल सुवेदी, मोहनकुमार अधिकारी, नेकपा एमालेका नगर अध्यक्ष इश्वरी प्रसाद अर्याल, शेयर सदस्यको तर्फबाट चन्द्रिका बस्नेत लगायतले मन्तव्य राखेका थिए । सचिव दीपेन्द्र चापागाईले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष खगेन्द्रप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए । संस्थामा अध्यक्ष माधवप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो । सो सहकारीले उपभोक्ता पसल, रासायनिक मलको खरिद विक्री, बचत तथा ऋणको काम गर्दै आएको छ । २०२८ सालमा स्थापना भएको सो सहकारीको १ हजार १०२ जना शेयर सदस्य रहेका छन् । साधारण सभाको बन्दसत्रले उल्लेखित प्रतिवेदन सर्बसम्मत पारित गरेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker