मिलिजुली सामुदायिक वनको साधारण सभा सम्पन्न

चितवन । मिलिजुली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १२औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
वनका अध्यक्ष मेघनाथ पौडेलको अध्यक्षता एवं वागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतित्थ्यतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
प्रमुख अतिथि खनालले सबै राजनीतिक दल र समुदायले आफ्नो स्वार्थभन्दा माथि उठेर पर्यटक भित्र्याउन र वन संरक्षणमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले वनका सकारात्मक गतिविधिमा सके जति सहयोग गरिने प्रतिबद्धतासमेत जनाउनुभएको छ, कार्यक्रममा बोल्दै सभासद खनालले वाग्मती प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि कन्कृट वाल निर्माणको लागि बजेट विनियोजन गर्न तयार रहेको बताउदै वनका उपभोक्ताहरुको जीवन स्तर उकास्न दीगो कार्यक्रम ल्याए आफूले सकेको सहयोग गर्ने बताउनुभएको छ।

कार्यक्रमका विशिष्ट अतिथि रत्ननगर ९ का वडा अध्यक्ष अनन्त अधिकारीले मिलिजुली वनलाई पर्यटन हव बनाएर अगाडि बढ्न सबैको हातेमालो जरुरी रहेको र स्थानीय सरकार त्यसको लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
त्यस्तै, कार्यक्रमका अर्का विशिष्ट अतिथि चितवन राष्ट्रिय निकुञ्जका साहायक संरक्षण अधिकृत एवम सौराहा सेक्टर प्रमुख सान्त मगरले मिलिजुली सामुदायिक वनले गरेका संरक्षणका गतिविधिमा साथ दिन राष्ट्रिय निकुञ्ज तयार रहेको र यहाका बन्यजन्तुले उपभोक्ता
लाई दिएको दुखको बारेमा जानकार रहेको बताउदै यसको नियन्त्रणमा लागिरहने बताउनुभएको छ ।

कार्यक्रमका सभापति एवं वनका अध्यक्ष पौडेलले सम्पूर्ण उपभोक्ताका गुनासोलाई सम्बोधन गर्दै पर्यटकीय गतिविधिलाई अगाडि बढाएर स्थानीयको अवस्थालाई सुधार्ने र संरक्षणको भाव जगाउन आफू लागिपर्ने बताउँदै वनले उपभोक्ता लक्षित विभिन्न कार्यक्रम लिएर आउने बताउदै पौडेलले गएको एक बर्षमा पर्यटक भित्र्याउन भ्यु टावर निर्माण गरिएको र जिप सफारी सन्चालनको लागि ट्रयाक समेत तयार भएकोले पर्यटक भित्रनेमा आसावादी रहेको बताउनुभएको छ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नगर सह-सचिव अमृत मल्ल, नेकपा एमालेका बागमती प्रदेस सदस्य राजाराम रेग्मी,नेकपा माओवादीका जिल्ला सदस्य नन्दु रेग्मी, राप्रपाका नगर अध्यक्ष गोबिन्द अधिकारी, नेमकिपाका पुनराम शर्मा लगायतले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो।

वनका अध्यक्ष पौडेलले प्रगती प्रतिवेदन राख्नुभएको उक्त साधारण सभामा कोषाध्यक्ष रामशरण कुवरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो वनका लेखा सदस्य पवन पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम वनका सचीव बाबुराम पौडेलले संचालन गर्नुभएको थियो भने वनका सदस्य हिरा पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो।

यस्तै रत्ननगर ९ मा रहेको लाल पर्साघाटमा झोलुङ्गे पुलको उद्घाटन गरिएको छ।

खगेरी खोलाको लाल पर्सा घाट र मिलिजुली सामुदायिक वन जोड्ने उक्त पुलको आज एक कार्यक्रमका विच बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय कृष्ण प्रसाद शर्मा खनालले उद्घाटन गर्नु भएको हो।

बागमती प्रदेश पुर्वाधार विकास मन्त्रालयको एक करोड पैसठ्ठी लाखको लागतमा बनेको उक्त पुल निर्माणको तीन महिनामै सम्पन्न भएर संचालनमा आएको हो।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker