पण्डीतद्धारा एक सय आठ शिवलिङ्ग अर्पण

चितवनः समाजसेवी उपेन्द्र पण्डीतले भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगर स्थित शिवालय मन्दिरमा १०८ वटा शिवलिङ्ग अर्पण गर्नु भएको छ । सिद्देश्वर शिवालय मन्दीर परिसरमा सबैं संरचना निर्माण गरी शिबलिङ्ग मन्दिीरलाई अर्पण गर्नुभएको हो ।
पिता तोपनाथ पण्डीत, माता पूर्णकला पण्डीत, श्रीमती सिता पण्डीत सहीतको पण्डीत परिवारले बिहिबार मन्दीरमा प्राणप्रतिष्ठा गरि शिवलिङ्लाई अर्पण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मन्दीरमा शिबलिङ्ग र मुर्ती नभएपछि बुबा आमाको इच्छा अनुसार हामीले शिबलिङ्ग अर्पण गरेका हौं ।”


मन्दीर व्यवस्थापन समितिका अध्यक्ष नरहरि कोइरालाले मन्दीर परिसरमा अत्यन्त आबश्यक भएको शिबलिङ्ग र मुर्ती पण्डीत परिवारले अर्पण गरेसंगै भक्तजनहरु लाभान्वित भएको बताउनुभयो । पण्डीत नेपाली काँग्रेस भरतपुर महानगर समितिको सहसचिब एबं उद्योग बाणिज्य संघ चितवनको सदस्य हुनुहुन्छ । उहाँ जिल्लामा समाजीक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker