विद्यार्थीको रोजाइमा पर्दै ओम शान्ति एकेडेमी

चितवन । भरतपुर–१० कटहरचोकमा रहेको ओम शान्ति एकेडेमी विद्यार्थीहरुको रोजाइमा पर्दै आएको छ । विसं २०६२ मा स्थापना भएको विद्यालय विसं २०७३ मा नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएपछि विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न थालेको हो ।

नयाँ व्यवस्थापनले एक सय ८० जना विद्यार्थीबाट सञ्चालन गरेको विद्यालयमा अहिले एक हजार छ सय ९८ जना विद्यार्थी पुगेका छन् । नयाँ सोचका साथ पुनः संस्थापन गरी सञ्चालनमा ल्याइएको विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्मको अध्ययन हुँदै आइरहेको विद्यालयका प्रिन्सिपल टेकबहादुर श्रेष्ठले बताउनुभयो । विद्यार्थी एवं अभिभावकको रोजाइमा परे सँगै ओम शान्ति एकेडेमीले अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म अध्ययन गराउँदै आएको श्रेष्ठको भनाइ छ । एकेडेमीले दुई वटा होस्टेलबाट विद्यार्थीलाई सुविधा दिँदै आएकोमा बिहान ६ः१५ देखि बेलुकी ७ बजेसम्म सेमिहोस्टेल सुविधा दिएको छ ।

नयाँ विद्यार्थीलाई लक्षित गर्दै एकेडेमीले आगामी शैक्षिक शत्र २०८१ का लागि कक्षा नर्सरीदेखि कक्षा नौ सम्म नयाँ भर्ना खुला गरेको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो । एकेडेमीमा अनुभवी, योग्य र प्रेरणादायी शिक्षकहरुबाट अध्यापन हुने उल्लेख गर्दै श्रेष्ठले एसी जडान गरिएको अध्याधुनिक पूर्वाधारयुक्त कक्षा कोठाहरु रहेको जानकारी दिनुभयो । शान्त र रमणीय वातावरणमा विद्यार्थी अनुकूल शिक्षण पद्धती अनुसार शिक्षण सिकाइ गरिने विद्यालयमा राम्रा र स्तरीय प्रविधि, प्रयोगशाला र पुस्तकालय रहेको श्रेष्ठको भनाइ छ ।

विद्यालयमा ताजा र गुणस्तरीय खाना, विद्यालयको सुरक्षा व्यवस्था पूर्णरुपमा सुरक्षित एवं व्यवस्थित, यातायातको आवश्यकता रहेका विद्यार्थीलाई सवारी साधनको व्यवस्था समेत रहेको उहाँले बताउनुभयो । विद्यालयलाई ओसारपसार गर्नका लागि विद्यालयसँग १५ वटा बस रहेका उहाँको भनाइ छ ।

चैत १५ गतेबाट सीमित सिटमा भर्ना खुला गरेको एकेडेमीले वैशाख २ गतेसम्म नयाँ भर्नाका लागि फारम वितरण गर्ने प्रिन्सिपल श्रेष्ठले बताउनुभयो । भर्नाका लागि फारम भरेका विद्यार्थीहरुको वैशाख ३ गते बिहान ८ बजे प्रवेश परीक्षा हुने र सोही दिन साँझ ५ बजे परीक्षाको नतिजा सार्वजनिक हुने श्रेष्ठको भनाइ छ । थप जानकारीका लागि विद्यालयमा सम्पर्क राख्न श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker