आचार्य बन्धु समाज रत्ननगरको अध्यक्षमा यमनाथ आचार्य

२३ चैत/रत्ननगर ।

आचार्य बन्धु समाज नेपाल रत्ननगरको अध्यक्षमा यमनाथ आचार्य चयन भएका छन् । शुक्रबार रत्ननगरमा भएको कौडिण्य गोत्रीय आचार्यहरुको भेलाले यमनाथ आचार्यको नेतृत्वमा कार्यसमिति गठन गरेको हो । समाजको केन्द्रीय सदस्य एवं प्रवक्ता रामहरि आचार्यको प्रमुख आतिथ्यतामा भएको भेलाले यमनाथ आचार्यको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा नारायण शर्मा आचार्य, सचिवमा रमेश आचार्य, कोषाध्यक्षमा पिताम्बर आचार्य चयन भएका छन् । समितिको सदस्यहरुमा रुद्र आचार्य, सृजना आचार्य र राधिका आचार्य रहेका छन् ।

कार्यक्रममा समाजको चितवन जील्ला संयोजक शंकर आचार्य, भरतपुर महानगरका अध्यक्ष यमनाथ आचार्य , खैरहनी नगरपालिकाका अध्यक्ष मायानाथ आचार्य लगायतको उपस्थिती रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker