लाइसियम स्कुलद्धारा फोहोर व्यवस्थापन सामग्री हस्तान्तरण

२०८० चैत्र २९ गते रत्ननगर ।
रत्ननगर नगरपालिका वडा नम्वर १ मा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले रत्ननगरका वडा नम्वर १, ९ र १० संगको समन्वयमा उक्त वडामा रहेका क्रमस वकुलहर माध्यमिक विद्यालय, कपरफोरी माध्यमिक विद्यालय र वैरिया माध्यमिक विद्यालयलाई फोहोर व्यवस्थापन समाग्री हस्तान्तरण गरेको छ ।

विहिवार लाइसियम स्कुलमा आयोजित एक कार्यक्रममा लाइसियम स्कुलका प्रवन्ध निर्देशक सन्तोष पन्तले रत्ननगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटा मार्फत वकुलहर मा.वि का शिक्षक शेषकान्त कणेललाई, वडा अध्यक्ष कलाधर पौडेल मार्फत वैरिया मा.वि का प्रधानाध्यापक युवराज शर्मालाई र वडा अध्यक्ष अनन्त अधिकारी मार्फत कपरफोरी मा.वि का प्रधानाध्यापक विष्णु कट्टेललाई अनकोन नेपालको सहयोगमा प्राप्त प्रति विद्यालय २० थान चोयाको डालो र एक एक सेट कम्पोष्ट मल बनाउने सिमेन्टेड च्याम्वर हस्तान्तरण गर्नु भयो ।

प्लाष्टिकको प्रयोगलाई न्यूनिकरण गर्न सके मात्र वातावरण संरक्षण गर्न सकिन्छ भन्ने अभिप्रायले प्लाष्टीकको डष्टविनलाई विस्तारै विस्थापन गर्दै स्वदेशमै उत्पादित चोयाको डालोलाई प्रवद्र्धन गर्ने उद्धेश्यले हाल अमेरीकामा रहनु भएका अनकोन नेपालका अध्यक्ष बटुकराज विष्ट संगको समन्वय र सहयोगमा लाइसियम स्कुलले उक्त सामग्री हस्तान्तरण गरेको हो । अनकोन नेपालले यस अघि पनि विभिन्न विद्यालयहरुमा कम्प्युटर ल्याव, महाविर पुनको पुस्तक हस्तान्तरण गर्नुका साथै लाइसियम स्कुल मार्फत एक हजार थान जैविक झोला समेत वितरण गरेको थियो ।


फोहोर व्यवस्थापनका लागि चोयाँको डालो र जैविक मल च्याम्वर वितरण पश्चात वडा अध्यक्षहरु क्रमस कुल प्रसाद सापकोटा, कलाधर पौडेल र अनन्त अधिकारीले सामाजिक दायित्व पुरा गर्न लाइसियम स्कुलले विगत देखिनै गर्दै आएका कार्यक्रमहरुको प्रशंसा गर्दै संस्थागत र सामुदायिक विद्यालयको सहकार्यको उच्च नमूना स्वरुप यो कार्यक्रम सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रममा वितरित सामग्रीहरुको पुरा सदुपयोग गर्न प्रधानाध्यापकहरुलाई आग्रह गर्नु भएको थियो भने प्रधानाध्यापकहरुले यस्को सदुपयोग गरी आगामि दिनका विद्यालय परिसरमा प्लाष्टीकको प्रयोगलाई कम गर्न आफु लागी पर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker