इच्छाकामनाको भाराङमा विद्यालयको पहिलो पक्की भवन निर्माण सुरु 

रत्ननगर । चितवनको विकट पहाडी गाउँपालिका इच्छाकामना गाउँपालिका वडा नं १ स्थित राष्ट्रिय आधारभुत विद्यालय भाराङको विद्यालय भवन निर्माण सुरु गरिएको छ । सो विद्यालयको २५ बर्ष पुरानो भवन जीर्ण भनेपछि नयाँ भवन निर्माण सुरु गरिएको हो । गाउँपालिकाको ५० प्रतिशत र सपना भिलेज सोसल इम्प्याक्टको ५० प्रतिशत लगानीमा ४ कोठे विद्यालय भवन निर्माण सुरु गरिएको हो । सो भवन चितवनको विकट पहाडी बस्तीकै पहिलो पक्की विद्यालय भवन हुने छ ।

पालिकाको ४० लाख र सपना भिलेजको ४० लाख गरि ८० लाखको लगानीमा निर्माण सुरु गरिएको छ । उक्त भवनको शुक्रबार गाउँपालिकाका अध्यक दानबहादुर गुरुङ र सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले सयुक्त रुपमा शिलान्यास गरेका हुन् । शिलन्यास पूर्व नै उक्त भवन निर्माणको लागि जग खनेर निर्माणकार्यको थालनी गरिसकिएको छ । कक्षा ८ उर्तीर्ण भएपछि यहाँका ७५ प्रतिशत विद्यार्थीले पढाइ छाड्छन । चेपाङ बस्तीमा यो समस्या विकराल रुपमा देखा परेको छ । कक्षा आठ उत्तीर्ण गरेपछि यहाँका विद्यार्थी नौं कक्षा पढ्न शक्तिखोर र हात्तीवाङ जानू पर्ने वाध्यकारी अबस्था रहेको छ ।

शक्तिखोर पाँच घण्टा र हात्तीवाङ तीन घण्टा हिडेर जानुपर्ने अबस्था रहेको छ । घरदेखि विद्यालयको दुरी निकै टाडा रहेका कारण पढाइ छोड्नु पर्ने अबस्था रहेको भन्दै गिरीले विकटकै बस्तीमा कक्षा १० सम्मको स्विकृतिका लागि सरकारले सोच्नु पर्ने अबस्था रहेको गिरीले बताए । अध्यक्ष गिरीले सो विद्यालयमा १० कक्षा सम्मको स्वीकृति प्रदान गरि भवन निर्माण र शिक्षक दरबन्दीको लागि सरकारी पहल सुरु गरेको गिरीले बताए अध्यक्ष गिरी चेपाङ बालबालिका विद्यार्थीलाई बस्तीमै कक्षा १० सम्म पढ्ने वातारण सरकारले गर्नुपर्ने बताए । घरमा पेटभरी खान नपाएका कारण चेपाङ बालबालिकाहरु नियमित विद्यालय जादैनन् । सरकारले दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपैया दिँदै आएको छ । सपना भिलेजले विद्यालयमै पेटभरी खाजा खान पाउने गरि थप दिवाखाजाको सुरुवात गर्न लागेको गिरीले बताए । कक्षा १ देखि ८ सम्म पढाइ हुने सो विद्याल ३०१ विद्यार्थी अध्यानरत छन् । गाउँपालिकाका अध्यक्ष गुरुङले जीर्ण भवनका कारण विद्यार्थीहरु त्रासमा पढ्न बाध्य रहेको भन्दै विकट बस्तीमा विद्यालयको पहिलो पक्की भवन निर्माण सुरु गरिएको बताए । गाउँपालिकाले चेपाङ बस्तीमा रहेका विद्यालयका पुरानो भवन विस्थापित गरी नयाँ पक्की भवन निर्माणको थालनी गरेको भन्दै पूर्वाधार निर्माण, शिक्षक दरबन्दी र कक्षा १० सम्मको स्विकृति प्रदानको लागि प्रक्रिया अगाडि बढाएको बताए ।

राष्ट्रिय आधारभूत विद्यालय भाराङमा पूर्वाधार निर्माण गरी कक्षा १० सम्मको स्विकृति प्रदान गर्ने बताए । अध्यक्ष गुरुङले पहिलो तलाको चार कोठा आर्थिक बर्ष २०८१÷८२ भित्र निर्माण सम्पन्न गर्ने बताए । उनले उक्त भवनको दास्रो तलामा चार र तेस्रो तलमा ट्रष्ट हालेर थप एउटा कोठा बनाउने बहुबर्षीय योजना सहित काम सुरु गरिएको बताए । विद्यालयका प्रधानाध्यापक दिप बहादुर गुरुङले विद्यालयको मुख्य भवन भत्काएपछि एउटा कक्षा कोठामा दुई वटा कक्षा सञ्चालन गरिरहेको बताए । असहज हुँदा विद्यार्थीलाई बाहिर राखेर पढाउने गरेका छौं उनले भने भवन भत्काएपछि समस्या भएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker