स्पर्श परियारको उपचारका लागि अनुप्रस्त्र फाउन्डेसनद्वारा आर्थिक सहयोग 

रत्ननगर ।

बोन म्यारो रोगले पिडीत रत्ननगर १२ का ६ बर्षिय स्पर्श परियारको उपचारका लागि अनुप्रस्त्र फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । परिवारको उपचारको लागि फाउण्डेसनले ७६ हजार रुपैयाँ सहयोग गरेको हो । परिवारको आर्थिक अवस्था कमजोर भएको स्पर्शको उपचार अहिले भारतमा भइरहेको छ । छोराको उपचारको लागि उनका बुवा रन्जित परियारले सबैसंग आर्थिक सहयोगको लागि अनुरोध गरेका छन् । आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको फाउण्डेसनले जानकारी दिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker