रत्ननगरमा बालमैत्री निरन्तरता सम्बन्धी अभिमुखीकरण

रत्ननगर । वाल अधिकार संवाहकको समन्वयमा रत्ननगर नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले बालमैत्री निरन्तरता अभियान बाल विकास र विविध अन्तर्गत चर्चा एवं जागरुकता सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

कार्यक्रममा नगर स्तरीय वाल सञ्जालका पदाधिकारी तथा सदस्य र सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको हो । कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समिति संयोजक बालकृष्ण चापागाईंले बालबालिका राष्ट्रका भविष्य भएकोले नगर बाल अधिकारको प्रत्याभूत गराउन संवेदनशील रहेको बताए । बाल मैत्री नगरको निरन्तरतालाई नगरको चिन्ता चासो हरपल रहेको चापागाईंको तर्क छ ।

महिला विकास अधिकृत दीपा घिमिरेले बाल अधिकारमा संवाहकहरुको प्राप्त अनुभव र ज्ञानको आदानप्रदान गराउन कार्यक्रम फलदायी भएको बताइन् ।

कार्यक्रममा बाल अधिकार संवाहकहरु निशा मगरले बालमैत्री स्थानीय शासनका सुचकहरु तथा बाल बिवाह न्यूनीकरण, पूर्णिमा कायस्थले महिनावारी स्वस्थता साथै ईन्टरनेट सुरक्षा, सुजन कोइरालाले कार्यक्रम सञ्चालन साथै बालबालिका तथा मानव बेचबिखन, शास्वत गौतमले लैंगिक हिंसा, अनिल लामिछानेले दस्तावेजीकरण तथा अभिलेखिकरण  गरेका  थिए ।

भोली आइतबार सोही कार्यक्रम अन्तर्गत नगरका सबै वडाहरुका बालबालिका सम्बन्धित व्यक्तिहरु, नगर स्तरीय वालअधिकार समिति, लगायत नगरका जनप्रतिनिधिहरु संग अन्तरक्रिया गरिने बाल अधिकार संवाहक निशा मगरले जानकारी दिइन् । कार्यक्रममा नगर स्तरीय बाल संजालका उपाध्यक्ष बिजय लामिछानेको समेत आतिथ्यता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker