देवी अभियानको रक्तदान : ५१ युनिट रगत संकलन 

रत्ननगर । चितवनको रत्ननगरमा आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । रत्ननगर वडा नं १ सौराहाचोकमा रहेको आनन्द होटलको सहयोगमा देवी अभियानले आयोजना गरेको सो कार्यक्रममा एक महिला सहित ५१ जनाले रक्तदान गरेका छन् ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको देवी अभियानको यो पाँचौं पटकको रक्तदान कार्यक्रम हो । रत्ननगरकी देवी अधिकारीले सञ्चालन गरेको अभियानले गरिव तथा सीमान्तकृत समुदायलाई शिक्षा, स्वास्थ्य र खाद्यान्न, लत्ताा कपडा समेत सहयोग गर्दैै आएको छ । अभियानले रक्तदान कार्यक्रम देखि ह्विलचियर वितरण, विपन्नको उपचार, भोकालाई खाद्यान्न लगायतका कामहरु गर्दै आएको अभियानकी अध्यक्ष अधिकारीले बताइन् ।

चितवनमा रगतको अभाव भएको थाहा पाएपछि आनन्द होटलसंग सहकार्य गरी होटलकै प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कार्यक्रममा देवी अभियानलाई निरन्तर सहयोग गर्ने होटलका सञ्चालक आनन्द क्षेत्रीलाई सम्मान समेत गरिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker