कालिकाका विद्यार्थीलाई लागु औषध एंव ट्राफिक नियम सचेतना

रत्ननगर, असार १४ । चितवनको कालिकामा हुने सवारी दुर्घटना तथा लागु औषध न्यूनीकरण गर्ने उद्देश्यले ईलाका प्रहरी कार्यालय टाँडी र ट्राफिक प्रहरी पोष्ट टाँडीले सडक सुरक्षा सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।

कालिकामा सवारी दुर्घटना तथा लागु औषध न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले विभिन्न संघसस्थाको समन्वयमा सवारीसाधनका चालक, विद्यालयका प्राधानाध्यापक, विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि देखि नागरिकहरुलाई ट्राफिक नियम, लागु औषध नियन्त्रणका बारेमा सचेत गराउनका लागि प्रशिक्षण कार्यक्रम गर्दै आएको हो ।

यसैक्रममा बिहीवार कालिकामा सुरक्षित सभ्य समाजका लागि ट्राफिक नियम तथा लागु औषध दुर्वेसनी नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम गरेको छ ।

कालिका नगरपालिकाको आयोजना तथा अस्मि इभेन्ट्स म्याजमेन्टको सहकार्यमा समिपुर मा.वि, रेडक्रसग्राम मा.वि र जमुनापुर मा.वि का ९० जना विद्याथीहरुलाई ट्राफिक नियम तथा लागु औषध दुर्वेसनी नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण दिइएको छ ।

बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख कृष्णज्यू ठकुरीले सडक सुरक्षा सचेतना तथा ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिएका हुन् ।

उनले प्रशिक्षणका क्रममा सवारीसाधन तथा पैदल रुपमा सडकमा हिड्दा अनिवार्य रुपमा ट्राफिक नियमको पालना गर्न आग्रह गरेका थिए । लापरवाहीका कारण सडक दुर्घटना हुने र दुर्घटनामा मानवीय क्षती समेत हुने सक्ने जोखिम हुने भएकाले अनिवार्य रुपमा लाइसेन्स प्राप्त गरेर मात्र सवारीसाधन चलाउने, सडक पार गर्दा होस वा पैदल यात्राका क्रममा आफ्नो साइडमा हिड्ने, सवारीसाधनको क्षमताभन्दा धेरै नढ्ने र जहाँ पायो त्यहीबाट सडक पार नगर्ने लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी डा. हेम केसीले ट्राफिक सचेतना कार्यक्रमले सांकेतिक सन्देश दिएको भन्दै उनले सरोकारवालले आफ्नो ज्यान बचाउन सडकमा आउँदा आवश्यक सम्पूर्ण सुरक्षा अपनाउनुपर्ने बताए । दुर्घटना न्यूनीकरण गर्न, सडक अनुशासन कायम राख्न, सडक प्रयोगकर्तालाई जिम्मेवारी बोध गराउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरु गर्ने र लागुऔषधको प्रयोगमा फसेकाहरुलाई पुनःस्थापनामा जोड दिइने डिएसपी केसीले बताए । लागुऔषधको कुलतमा फस्ने किशोरकिशोरीको सङ्ख्या अधिक रहेकाले जोखिमयुक्त उमेर समूहका सबैमा यो कार्यक्रम पु¥याइने बताए ।

सामाजिक बिकास समितिका संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, नगर शिक्षा अधिकारी गंगाधर रिमाल, वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी लगाएतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker