युएईमा भएको ‘भिनी कस्मेटिक’को सम्मेलनमा रमेश नेपाल सम्मानित

रत्ननगर, असार १६

विश्वका ८२ देशमा आफ्नो उत्पादन बिक्री गर्दै आइरहेको भिनी कस्मेटीक प्राइभेट लिमिटेडले कम्पनिमा कार्यरत चितवनका रमेश नेपाललाई सम्मान गरेको छ । कम्पनीको संयुक्त अरब इमिरेट्समा( युएईमा) शुक्रबार भएको बार्षिक सम्मेनलमा ८२ देश मध्येबाट उत्कृष्ठ ५ मा पर्दै नेपाल सम्मानित भएका हुन् ।

कम्पनीले नेपाललाई १० बर्ष सम्म कम्पनिमा लगातार सिप क्षमता,कडा मेहनत र कम्पनी प्रतिको समर्पणको कदर गर्दै सम्मान गरेको हो । नेपाल आफ्नो काम संगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन् ।

भिनी कस्मेटीकले उत्पादन गरेको फग ब्राण्ड चर्चित ब्राण्डको रूपमा रहेको छ । नेपालमा पनि फग ब्राण्डको वडी स्प्रे, फरफ्युम लगायतका उत्पादन ग्राहकहरुले रुचाएको उत्पादन हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker