चार जिपीए ल्याउने स्काइराइडरका देवकोटालाई सम्मान

रत्ननगर । स्काइराइडर आवासीय माविलले एसइई परीक्षामा चार जिपीए ल्याउने संयोग देवकोटालाई सम्मान तथा पुरस्कृत गरेको छ । विद्यालयले आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी देवकोटालाई सम्मान तथा पुरस्कृत र एसइई परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई विदाई गरेको हो । देवकोटालाई नगद २० हजार नगद पुरस्कार सहित सम्मानपत्रले सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्ले, विद्यालयका निर्देशक दुर्गा पुरी र विद्यालयका प्राचार्य मदन पुरीले देवकोटा सहित एसइई परीक्षामा उत्तीर्ण भएकालाई सम्मान गरेका हुन् । चार जिपीए ल्याउन सफल देवकोटा उक्त विद्यालयमा नर्सरी देखि पढ्दै आएका छन् । कार्यक्रमका देवकोटाले स्काइराइडरमै कक्षा १२ सम्म बनेर भविश्वमा डाक्टर बन्ने लक्ष्य रहेको बताए । उच्च शिक्षा अध्यायनको लागि विदेश जाने प्रचलन रहेको भन्दै देवकोटाले नेपालमै पढेर डाक्टर बन्ने र गरिब तथा असहायहरुको सेवा गर्ने बताए । कार्यक्रममा नगर शिक्षा अधिकारी वाग्लेले स्काइराइडर उत्कृष्ट शैक्षिम गन्तव्यको रुपमा स्थापित भइसकेको बताए ।

स्काइराइडर भरोसा योग्य विद्यालय बनेको भन्दै उनले नगरको शैक्षिक विकासमा स्काइराइडरको भूमिका अहम रहेको बताए । विद्यालयका निर्देशक पुरीले एसईईमा उत्कृष्ट नतिजाको लागि भूमिका निर्बाह गर्ने प्राचार्य सहित शिक्षक तथा कर्मचारी र अभिभावकहरुप्रति आभार प्रकट गरे । विद्यालयका प्राचार्य मदन पुरीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सरोज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker