रत्ननगरका दुई विद्यार्थीले ल्याए चार जिपीए

सामुदायिक विद्यालयकाे अबस्था कमजाेर

रत्ननगर । चितवनकाे रत्ननगरमा दुई जना विद्यार्थीले एसइई परीक्षामा चार जिपीए ल्याएका छन् ।

संस्थागत विद्यालयका दुई जनाले चार जिपीए ल्याउदा सामुदायिक विद्यालयका कुनै पनि विद्यार्थीले चार जिपीए ल्याउन सकेनन् । संस्थागत तर्फ स्काइराइडर आवासीय माविका संयाेग देवकाेटा र पञ्चकन्या विद्या मन्दिरका कुशल पाण्डेले चार जिपीए अंक ल्याएका हुन् । चितवनमा ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १६ जनाले मात्र चार जिपीए ल्याएका छन् । चितवनमा ४ जिपिए ल्याउने विद्यालयमा संस्थागत विद्यालय बढी छन् ।

९ वटा संस्थागत विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याउदा सामुदायिक तर्फका २ वटा विद्यालयका विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन् । सामुदायिक विद्यालय तर्फ चितवन माध्यमिक विद्यालय र बालकुमारी कन्या माध्यमिक विद्यालयका विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन् ।

संस्थागत विद्यालय तर्फ डेजी सेकेण्डरी स्कुल खैरहनी, नारायणी पब्लिक स्कुल भरतपुर, लिटलफ्लावर, अर्किड र स्मल हेबन मोडेल स्कुलबाट समान २/२ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यस्तै पञ्चकन्या विद्यामन्दिर र स्काइराईडर सहित पोलार स्टार र अरोमा माध्यमिक विद्यालयबाट समान १/१ जनाले ४ जिपिए ल्याएका हुन ।

जिल्लाबाट दश हजार ८ सय ३२ जना विद्यार्थीले परीक्षा दिएकोमा छ हजार ४१ जना विद्यार्थी उत्तिण भएका छन् । यस्तै जिल्लामा ए प्लस ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ९२ रहेको छ । ए ग्रेड ल्याउनेको संख्या १ हजार ९ सय ९९ रहेको छ । चितवनमा ४ जिपिए ल्याउने विद्यालयमा संस्थागत विद्यालय बढी छन् । जिल्लामा यस वर्ष ६ हजार ४१ जना विद्यार्थी अनुउत्तिर्ण भएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker