कालिका- ७ का १ सय ४ जना ज्येष्ठ नागरिकलाई पौष्टिक आहार

रत्ननर, असार १४ । चितवनको कालिका नगरपालिका वडा नं. ७ ले ज्येष्ठ नागरिकलाई पौष्टिक आहार सहित सम्मान गरेको छ । यस वडा भित्र रहेका ८० वर्ष माथिका १ सय ४ जना ज्येष्ठ नागरिकलाई घर घरमा पुगेर मह, च्यावनप्रास, बिस्कुट र जुस बितरण गरिएको हो ।

पछिल्लो समय घर–परिवारमा ज्येष्ठ नागरिक एक्लै भएको हुँदा उहाँहरूलाई स्थानीय सरकार साथमा रहेको आभास दिलाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत पौष्टिक आहार वितरण गरिएको वडा अध्यक्ष कमलराज मुक्तानले जानकारी दिए ।

वडा अध्यक्ष मुक्तानले भने, राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकको उल्लेखनिय योगदान रहेको बताउदै ‘हाम्रो वडासँगै राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकको ठूलो योगदान छ । उहाँहरुलाई हामीले बिर्सनु हुँदैन ।’ ‘घर परिवार र समाजका हरेक ब्यक्ति ज्येष्ठ नागरिकको उच्च सम्मान गर्नुपर्छ ।’

पौष्टिक आहार बितरण कार्यक्रममा वडा सदस्य शर्मिला अधिकारी, रसु नेपाली, महेश श्रेष्ठ, सन्त बहादुर सिंजाली, वडा सचिव केवल सापकोटा लगाएतको सहभागिता रहेको थियो ।

यसैगरी, कालिका वडा नं. ७ ले घरघरमा पुगेर समेत सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।

अशक्त र ज्येष्ठ नागरिकलाई बैंकमा घण्टौ लाईनमा बसेर सामाजिक सुरक्षा भत्ता बुझ्न आउनुपर्ने बाध्यता रहेकामा लाभग्राहीको घर–घरमा पुगेर बैंकिङ प्रणाली मार्फत नै भत्ता वितरण गरिरहेको हो । अशक्त र ज्येष्ठ नागरिकलाई बैँकसम्म गएर भत्ता बुझ्न कठिनाइ भएपछि बैंकका कर्मचारीलाई घरघरमै पुर्याएर वितरण गर्न थालिएको हो ।

घण्टौँ लगाएर कष्ठपूर्ण ढङ्गबाट सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएपछि अहिले वडाका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने अशक्त र ज्येष्ठ नागरिक खुसी भएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker