लियो क्लब बालकुमारी कलेजले देवघाटका बाँदरलाई खुवायो खाना

असार १७, चितवन
देवघाटमा लियो क्लब बालकुमारी कलेजद्वारा बाँदरहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको अध्यक्षता लियो क्लब अफ बालकुमारी कलेजका वर्ष २०२४/२५ का अध्यक्ष लियो सुस्मिता घिमिरेले गर्नुभएको थियो भने प्रमुख अतिथि लियो विज्ञान पौडेल, विशिष्ट अतिथिहरूमा लियो प्रकाश शाह र लियो आत्माराम पाण्डे र अतिथिहरूमा लियो शिला न्यौपाने र लियो रक्षा कार्की रहनुभएको थियो।


कार्यक्रममा लियो विज्ञान पौडेल लियो प्रकाश शाह लियो आत्माराम पाण्डे लियो शिला न्यौपाने र लियो रक्षा कार्कीले शुभकामना मन्तव्यहरु राख्नुभएको थियो । कार्यक्रममा देवघाटमा रहेका बाँदरहरूलाई विभिन्न खानेकुराहरू खुवाएर कार्यक्रम लियो सुस्मिता घिमिरेले समापन गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लियो ज्योति पौडेलले गर्नुभएको थियो।

१२ दर्जन केरा, ८ पकेट बिस्कुट र ५ केजी मकै खुवाएको आयोजकले जानकारी दिएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker