खैरहनीमा एक वडा एक कृषि सहकारी कार्यक्रम, ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण

खैरहनीमा एक वडा एक कृषि सहकारी कार्यक्रम, ५० प्रतिशत अनुदानमा कृषि औजार वितर
चितवन , १८ असार ।
खैरहनी नगरपालिकाले एक वडा एक कृषि सहकारी कार्यक्रम संचालन गरेको छ । सो कार्यक्रम अन्तर्गत हरेक वडामा कम्तीमा एक कृषि सहकारी रहने र उक्त सहकारी मार्फत किसानलाई आवश्यक कृषि सामाग्री तथा औजारहरु प्रदान गर्ने लक्ष्य लिएको छ । कार्यक्रम अन्तर्गत यस आर्थिक बर्षमा ५ वटा वडामा एक एकवटा सहकारी मार्फत किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजारहरु वितरण गरिएको छ । सोहि अनुरुप आज खैरहनी नगरपालिका वडा नम्बर ६ मा रहेको साना किसान कृषि सहकारी संस्था , खैरहनी १० मा रहेको नवयुग कृषि सहकारी संस्था र खैरहनी १२ मा रहेको कपिया माछापालन सहकारी संस्थामार्फत नगरपालिकाले ६३ जना किसानहरुलाई अनुदानमा कृषि औजार वितरण गरेकोे हो । खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँले किसानहरुलाई अर्थ अगर , पुस रो सिडर , स्प्रेयर ट्याङ्की , डिजिटल काटा , विडर , मिनटिलर वितरण गरिएको कृषि शाखाका प्राविधिक धु्रव आचार्यले जानकारी दिए । साना किसान सहकारीमार्फत अर्थ अगर २ थान , पुस रो सिडर २ थान , स्प्रेयर ट्याङ्की ४६ थान , नवयुग सहकारी मार्फत मिनिटिलर १ थान , विडर ३ थान र डिजिटल काटा ५ थान र कपिया माछापालन सहकारी संस्था मार्फत मिनिटिलर २ थान , विडर १ थान र डिजिटल काटा ५ थान वितरण गरिएको आचार्यले बताए ।
कृषि सामाग्री वितरणको क्रममा बोल्दै नगर प्रमुख शशि कुमार खनियाले १३ वटा वडामध्य ५ वटामा एक वडा एक कृषि सहकारी कार्यक्रम लागु भएको भन्दै यसबाट किसानहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । एक वडा एक कृषि सहकारीको अवधारण फराकिलो रहेको भन्दै आगामी बर्ष सहकारीलाई ट्याक्टर समेत वितरण गर्ने तयारी रहेको उनले बताए । सहकारीलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्दा उक्त सहकारीका सदस्य लगायत अन्य किसानहरुले सहुलियत दरमा ट्याक्टर प्रयोग गर्न पाउने नगर प्रमुख खनियाँले बताए । उनले अनुदानमा दिइने कृषि सामाग्री वितरण गर्दा आगामी दिनमा विपन्नलाई प्राथमिकता दिने बताए ।
यस अघिनै खैरहनी नगरपालिका वडा नम्बर १ मा रहेको ग्रामीण ताजा तरकारी तथा फलफुल उत्पादन सहकारी संस्था र खैरहनी ९ मा रहेको गरिवि निवारण वहुउदेश्यीय सहकारी संस्था मार्फत १४ जना किसानहरुलाई उनीहरुको माग अनुसारको ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरिएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker