चित्रसारी पुलबाट सौराहा सौन्दर्यकरणको सुरुवात 

रत्ननगर । रत्ननगरको चित्रसारी पुलबाट पर्यटकीय नगरी सौराहाको सौन्दर्यकरणको काम सुरु गरिएको छ । रत्ननगर नगरपालिका र रेवान सौराहाको सहकार्यमा उक्त काम सुरु गरिएको हो । गन्तव्य अबलोकनका लागि आएका पर्यटकलाई सौराहा आइपुगेको अनुभूति दिलाउन चित्रसारी फुलबाट सौन्दर्यकरणको काम सुरु गरिएको रेवान सौराहाका अध्यक्ष धु्रव गिरीले जानकारी दिए ।

रत्ननगरका मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमका बीच पुलमा सजीसजाउ गरिएको उक्त कामको उद्घाटन गरेका हुन् । चित्रसारी पुललाई सजावट गरी गैंडा, हात्ती र बाघको प्रतिमा निर्माण गरिएको छ । झिलिमिली बत्ती सहित पुलमै गमलामा पुल राखिएको छ । रत्ननगर नगरपालिकाको ७ लाख र रेवान सौराहाको तीन लाख गरी १० लाखको लगानीमा सौराहा सौन्दर्यकरणको काम सुरु गरिएको हो ।

सो अबसरमा मेयर सापकोटाले सौराहाको विकासको लागि बजेट अभाव हुन नदिने बताए । सौराहा प्रकृतिले दिएको सुन्दर उपहार हो उनले भने यसलाई जोगाउने जिम्मेबारी हाम्रो हो । सौराहालाई विश्वकै उत्कृष्ट पर्यटकीग गन्तव्य बनाउने अठौट गरेको भन्दै उनले यसका लागि व्यवसायीको पनि तदारुकता उत्तीकै आवश्यकता रहेको बताए । क्षेत्रीय होटल संघका केन्द्रीय सदस्य सुमन घिमिरेले सेवाको गुणस्तर सुधार्ने जिम्मा दिएर तीनै तहको सरकार पूर्वाधार निर्माणमा केन्द्रित हुनुपर्ने बताए । उनले सौराहालाई फरक तरिताकाले चिनाउन स्टेट नम्बरिङको काम गरिएको उनको भनाई छ । रेवान सौराहाका अध्यक्ष गिरीले सौराहा सौन्दर्यकरणको कामले व्यपाकता पाउने बताए ।

चित्रसारी पुलबाट उक्त काम सुरु गरिएको भन्दै उनले पर्यटकलाई छुट्टै अनुभूति दिलाउने गरी सौराहालाई सिंगारिने बताए । प्रकृतिले दिएका चिजहरु नविग्रने गरी सौराहाको विकास आवश्यक रहेको भन्दै उनले पूर्वाधार निर्माण र सौन्दर्यकरणको कामलाई संगसंगै अगाडि बढाउने बताए । कार्यक्रममा वडाध्यक्षहरु, सौराहाका पर्यटन व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम रेवान सौराहाका निर्वतमान अध्यक्ष दीपेन्द्र खतिवडाले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker