रजनी थापाले जितिन् ‘मिस कोशी’ को ताज

लोकप्रिय खबर
२६ कार्तिक २०८२, बुधबार
सारांश
Summary by AI
  • मोरङ उर्लाबारीकी रजनी थापाले नवौँ संस्करणको ‘मिस कोशी २०२५’ को उपाधि जितिन्।
  • उनले १६ जना फाइनलिस्टलाई पछि पार्दै यो उपाधि जितेकी हुन् र विजेताको रूपमा १ लाख रुपैंयाँ तथा विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरिन्।
  • प्रतियोगितामा दीपान्जली राई ‘फस्ट रनर अप’ र गरिमा शाशंकर (गुराँस) ‘सेकेन्ड रनर अप’ भए।
  • जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मोरङको विराटनगरमा यो प्रतियोगिता सम्पन्न भएको थियो।
00:00 / 00:00
🔊
Audio By AI

विराटनगर । मोरङ उर्लाबारीकी रजनी थापाले नवौँ संस्करणको ‘मिस कोशी २०२५’ को उपाधि जितेकी छिन् । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा मोरङको विराटनगरमा भएको प्रतियोगितामा १६ फाइनलिस्टलाई पछि पार्दै रजनीले ‘मिस कोशी’ को उपाधि जितेकी हुन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायका अनुसार ‘मिस कोशी’ विजेताले १ लाख रुपैंयाँ र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरिन् । प्रतियोगितामा बर्जु, सुनसरीकी दीपान्जली राई ‘फस्ट रनर अप’, इनरुवाकी गरिमा शाशंकर (गुराँस) ‘सेकेन्ड रनर अप’, काठमाडौँकी भूमिका नेपाल ‘थर्ड रनर अप’ र धरानकी दिया राई ‘फोर्थ रनर अप’ भइन् ।

विधागततर्फ सुन्दरहरैँचाकी लक्ष्मी चौधरी ‘अर्गनाइजर च्वाइस’, अर्जुनधाराकी युनिका विश्वकर्मा ‘मिस पपुलर’, इटहरीकी अपेक्षा चौधरी ‘मिस पब्लिक च्वाइस’, बेलबारीकी सरु लिम्बु ‘मिस ब्युटी विथ ब्रेन’, रजनी थापा ‘मिस पर्सनालिटी’, युनिका विश्वकर्मा ‘मिस मल्टिमिडिया’, गरिमा शाशंकर (गुराँस) ‘मिस ट्यालेन्ट’ भइन् ।

त्यस्तै विराटनगरकी सिमरन साहु ‘मिस फोटोजेनिक’, दिया राई ‘मिस ब्यूटिफूल स्माइल’, दीपान्जली राई ‘मिस ब्यूटिफूल हेयर’, लक्ष्मी चौधरी ‘मिस इन्टेलेक्ट’, अपेक्षा चौधरी ‘मिस क्याटवाक’, विराटनगरकी निमा राजवंशी ‘मिस फिजिक’, विराटनगरकी दीपिका शाह ‘मिस बेस्ट ट्रान्सफरमेशन’ र भूमिका नेपाल ‘मिस रिफरेसिङ फेस’ घोषित भए ।

प्रतियोगिताको निर्णायकमा विपी कोइराला प्रतिष्ठान (घोपा क्याम्प) का डिन डा.शिवेन्द्र झा, राष्ट्रिय साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिदेव घिमिरे, ‘मिस कोशी २०२४’ विजेता शुभलक्ष्मी राई र निर्माता तथा निर्देशक नितिनकुमार चन्द थिए ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI