पञ्चकन्या विद्यामन्दिरमा ‘PKVM Talent Hunt 2082’ भव्यताका साथ सम्पन्न
कक्षा १ देखी ७ सम्म अध्ययनरत विद्यार्थीहरूलाइ लक्षीत गरेर अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने प्रमुख उद्देश्यका साथ पञ्चकन्या विद्यामन्दिरले आयोजना गरेको ‘PKVM Talent Hunt 2082’ आज एक विशेष समारोहका बीच भव्यताका साथ सम्पन्न भएको छ।
विद्यालयकी हेड गर्ल रोशलिन ढकालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष अमृत अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी, कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ न्यौपाने र विद्यालयका प्राचार्य भुवन सिं थापाले विशिष्ट अतिथिको आसन ग्रहण गर्नुभएको थियो।
कार्यक्रमका अन्य अतिथिहरूमा विद्यालय सञ्चालक समितिका अध्यक्ष दीपक लामिछाने र विद्यालय परीक्षा विभागका प्रमुख ध्रुव पाठकको उपस्थिति रहेको थियो। ट्यालेन्ट हन्टमा सहभागी विद्यार्थीहरूको कला र क्षमताको मूल्याङ्कन गर्नका लागि सुनिल रिमाल, बद्रिनाथ न्यौपाने र डी.एन. न्यौपानेले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।
विभिन्न विधामा विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुति
यस प्रतिभा पहिचान कार्यक्रममा नृत्य, गायन, नाटक, मादलवादन, वक्तृत्वकला, कविता वाचन, मार्सल आर्ट र हास्यलगायतका विभिन्न विधाहरू समावेश गरिएका थिए। विभिन्न विधामा प्रतिस्पर्धा गर्दै निम्नलिखित विद्यार्थीहरूले प्रथम स्थान हासिल गर्न सफल भएका छन्:
नृत्य: सान्भी पान्डे (कक्षा १)
गायन: स्वरा भट्ट (कक्षा ५)
नाटक: असिम ढकाल (कक्षा ६)
मादलवादन: आग्नेय कर्माचार्य (कक्षा ३)
वक्तृत्वकला: दिप्सन लामिछाने (कक्षा ४)
कविता वाचन: दिवयानी गौतम (कक्षा २)
तेक्वान्डो: जेशिका क्षेत्री (कक्षा ७)
कराते: शिशिर गुरुङ (कक्षा ४)
आर्ट (चित्रकला): प्रशिक सुनार (कक्षा ७)
हास्य विधा: सौगात बराकोटी (कक्षा ७)
कार्यक्रमको अन्त्यमा विभिन्न विधामा विजयी हुने सम्पूर्ण छात्रछात्राहरूलाई उपस्थित अतिथिहरूद्वारा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। यस कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह र हौसला प्रदान गरेको विद्यालय परिवारले जनाएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस