संसदमा संख्या पुर्याउन हरि ढकाललाई जिताउनुस्: रवि लामिछाने
रत्ननगर,फागुन ५।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमार्फत आफ्नो पार्टीले संसदमा निर्णायक शक्ति निर्माण गर्ने उद्घोष गरेका छन्। पूर्वी चितवनको रत्ननगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवन क्षेत्र नम्बर १ का उम्मेदवार हरि ढकाललाई अत्याधिक मत दिएर विजयी गराउन अपील गरे। चुनावी अभियानका क्रममा रत्ननगर आइपुगेका लामिछानेले भानुचोक, सौराहाचोक, खैरहनी र लोथर लगायतका स्थानमा पुगेर मतदाताहरूसँग ढकालका लागि मत मागेका थिए। “यसपटक हामी संसदमा आवश्यक संख्या पुर्याउँछौँ र देशको अवस्था बदल्छौँ,” उनले भने। उनलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए भने उम्मेदवार हरि ढकालले आफ्नो क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताए।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस