रत्ननगरमा ईभी भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जना घाइते
रत्ननगर, पौष २ ।
रत्ननगरको बकुलहरमा सवारी दुर्घटना हुँदा एक जना महिला घाइते भएकी छन् । आज बिहान करिब ८:३० बजे रत्ननगरको बकुलहर चोकमा ईभी भ्यानले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक घाइते भएकी हुन् ।
बिरगन्जबाट भरतपुरतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ५२२ नम्बरको ईभी भ्यानले कृष्ण मन्दिरबाट टाँडीतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-००२ प ३८१६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा स्कुटर चालक रत्ननगर-११ निवासी अन्दाजी ३० वर्षीया रोसनी तामाङ घाइते भएकी छन् । उनको दुवै खुट्टा तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
घाइते तामाङको उपचार पुरानो मेडिकल कलेज, भरतपुरमा भइरहेको छ । दुर्घटनापछि ईभी भ्यान र चालक बारा पसौनी-३ निवासी सुनिल शाहलाई इलाका प्रहरी कार्यालय टाँडीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस