अचानक बेहोस भए बलिउड अभिनेता गोविन्दा, अस्पतालमा भर्ना

लोकप्रिय खबर
२६ कार्तिक २०८२, बुधबार
सारांश
Summary by AI
  • बलिउड अभिनेता गोविन्दा मंगलबार राति आफ्नै घरमा बेहोस भएपछि अस्पताल भर्ना भएका छन्।
  • सुरुमा घरमै उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई मुम्बईको क्रिटीकेयर अस्पतालमा लगिएको हो।
  • चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था हाल स्थिर छ र आवश्यक परीक्षणहरू भइरहेका छन्।
00:00 / 00:00
🔊
Audio By AI

मुम्बई । बलिउड अभिनेता गोविन्दालाई मुम्बईस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनी मंगलबार राति अचानक बेहोस भएका थिए ।

गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलका अनुसार मंगलबार राति करिब साढे आठ बजे आफ्नै घरमा उनी बेहोस भएका थिए ।

सुरुमा चिकित्सकको सल्लाह अनुसार घरमै औषधि दिइए पनि स्वास्थ्यमा सुधार नआएपछि राति १ बजे गोविन्दालाई क्रिटीकेयर अस्पतालमा लगिएको हो ।

बिन्दलका अनुसार चिकित्सकले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । चिकित्सकले गोविन्दाको स्वास्थ्य परीक्षण गरिरहेको उनले जानकारी दिए ।

गोविन्दा गत वर्ष घरमै राखेको पेस्तोलबाट निस्किएको गोली लागेर घाइते भएका थिए । त्यतिवेला पनि उनलाई क्रिटीकेयर अस्पतालमै उपचारका लागि भर्ना गरिएको थियो ।

गोविन्दाको उपचारमा संलग्न चिकित्सक दीपक नामजोशीका अनुसार राति नै आवश्यक स्वास्थ्य परीक्षण गरिएको छ । केही परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिँदै उनले तत्काल गोविन्दाको स्वास्थ्य अवस्था स्थिर रहेको बताए ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI