जिल्लास्तरीय प्रधानाध्यापक बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकप्रिय खबर
१२ मंसिर २०८२, शुक्रवार
सारांश
Summary by AI
  • शिक्षा विकास तथा समन्वय इकाई चितवनले जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
  • कार्यक्रममा शैक्षिक गुणस्तर सुधार, विद्यालय व्यवस्थापनका चुनौती, समाधानका उपाय र असल अभ्यासहरू आदानप्रदान गर्ने विषयमा छलफल गरिएको थियो।
  • गत वर्षको SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ६ सामुदायिक तथा ६ संस्थागत गरी कुल १२ वटा विद्यालयलाई सम्मान गरिएको थियो।
00:00 / 00:00
🔊
Audio By AI

शिक्षा विकास तथा समन्वय इकाई चितवनले आयोजना गरेको जिल्लास्तरीय सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको सहभागीता रहेको कार्यक्रममा शैक्षिक सिकाइ, नतिजा सुधार, विद्यालय व्यवस्थापनका चुनौती तथा समाधानका उपायहरूबारे विस्तृत छलफल तथा अशल अभ्यासहरूको आदान–प्रदान पनि गरिएको छ।

कार्यक्रममा शिक्षा बिद डाक्टर जीवन खनालले शैक्षिक गुणस्तर अभिवृद्धि, प्रभावकारी सिकाइ वातावरण निर्माण, मूल्यांकन पद्धति सुधार तथा नेतृत्व क्षमतावृद्धिसम्बन्धी विस्तृत प्रस्तुतिकरण गर्नुभएको थियो।

गत वर्षको SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल ६ वटा सामुदायिक तथा ६ वटा संस्थागत विद्यालयलाई कार्यक्रममा सम्मान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल तथा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण देवकोटाले संयुक्त रूपमा सम्मान गर्नुभएको थियो।

कार्यक्रममा सूचना अधिकारी रमेश अधिकारीले इकाईका वार्षिक गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI