प्रवासी नेपाली मञ्च जापानको सचिवमा चितवनका बुद्धिराज लामाको उम्मेदवारी
जापान, असोज ४ ।
प्रवासी नेपाली मञ्च जापानको २२औँ राष्ट्रिय अधिवेशनमा चितवनका बुद्धिराज लामाले सचिव पदमा उम्मेदवारी दिएका छन्।
चितवनको कालिका नगरपालिका घर भई विगत १३-१४ वर्षदेखि जापानमा बसोबास गर्दै आएका लामा सामाजिक तथा संगठनात्मक गतिविधिमा सक्रिय छन्। प्रवासी नेपाली मञ्च जापानको राष्ट्रिय कमिटी सदस्यका रूपमा कार्यरत उनी गुन्मा क्षेत्रीय कमिटीका इन्चार्ज समेत हुन्। क्षेत्रीय इन्चार्जको जिम्मेवारीमा रहँदा उनले संगठनको विस्तार र सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
जापानमा रहेका नेपाली विद्यार्थी तथा प्रवासी श्रमिकहरूको हकहित र सहयोगका लागि निरन्तर सक्रिय लामाले नयाँ सदस्यहरूलाई मञ्चमा आबद्ध गराउन र नेपाली समुदायबीच मञ्चका गतिविधि विस्तार गर्न योगदान पुर्याउँदै आएका छन्। विगतका संगठनात्मक अनुभव र सामाजिक सक्रियतालाई मुख्य आधार बनाउँदै उनले यसपटक सचिव पदमा आफ्नो दाबी पेस गरेका हुन्।
प्रवासी नेपाली मञ्च जापानको २२औँ राष्ट्रिय अधिवेशन टोकियोस्थित ओता-कु, शिमोमारुकोमा जारी छ। यस अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व र कार्यसमिति चयन गर्नेछ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस