आकृति महिला सहकारीको साधारण सभा: विपन्न महिलाहरूको जीवनस्तर उकास्न सफल
- यहाँ लेखको संक्षिप्त सारांश बुँदामा प्रस्तुत गरिएको छ:
- रत्ननगर-१२, सालघारीमा विपन्न समुदायका महिलाहरूद्वारा सञ्चालित आकृति महिला बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
- संस्थाले आर्थिक रूपमा प्रगति गर्दै हाल शेयर पुँजी ६९ लाख, बचत संकलन २ करोड ४ लाख र ऋण लगानी २ करोड ९४ लाख रुपैयाँ पुर्याएको छ।
- २०६८ सालमा स्थापना भएको यस सहकारीले विपन्न तथा सुकुम्बासी महिलाहरूको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै उनीहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गरेको छ।
रत्ननगर । विपन्न समुदायका महिलाहरूको नेतृत्वमा सञ्चालित रत्ननगर-१२, सालघारीस्थित आकृति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा सोमबार गरिएकाे छ । सामुदायिक भवनमा आयोजित सभा संस्थाकी अध्यक्ष दुर्गा पाण्डेको अध्यक्षता र रत्ननगर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सुन्दरमणी सुवेदीको प्रमुख आतिथ्यतामा भएको हो ।

संस्थाको प्रगति र प्रतिवेदन सभामा संस्थाकी सचिव सुनिता दराईले आर्थिक वर्ष २०८१/०८२ को प्रगति प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । सचिव दराईको प्रगति प्रतिवेदन अनुसार संस्थामा हाल ६५८ जना शेयर सदस्य र ६२३ जना बाल सदस्य रहेका छन् ।
त्यस्तै, कोषाध्यक्ष विष्णुमाया श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ६९ लाख ४ हजार रुपैयाँ, बचत संकलन २ करोड ४ लाख १८ हजार ७ सय ८६ रुपैयाँ र ऋण लगानी २ करोड ९४ लाख ५८ हजार ४ सय ४५ रुपैयाँ पुगेको भन्दै संस्थाको जगेडा तथा अन्य कोषमा २६ लाख १५ हजारभन्दा बढी रकम रहेको जानकारी दिइन् । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक रिता श्रेष्ठले प्रस्तुत गरेकी छन् ।

विपन्न वर्गको सहारा लुमन्ती आवासको लागि सहयोग समूहको सहयोगमा २०६८ सालमा स्थापना भएको यस सहकारीले रत्ननगर नगरपालिकाभित्रका विपन्न र सुकुम्बासी समुदायका महिलाहरूको आर्थिक र सामाजिक विकासमा योगदान गरेकाे छ । मासिक २० रुपैयाँ बचत गर्न नसक्ने अवस्थाबाट सुरु भएको यस संस्थाले हाल करोडौंको कारोबार गर्दै महिलाहरूलाई चुलोचौकोबाट बाहिर निकालेर नेतृत्वदायी भूमिकामा पुर्याएको वक्ताहरूले चर्चा गरे ।
उत्कृष्ट संयोजककाे रुपमन मुना पुर्कुटी (पारिश्रमिक महिला समूह), सबैभन्दा बढी बचतकर्ता मनिता श्रेष्ठ, सबैभन्दा बढी बाल बचतकर्ता प्रिन्स लामा र सरिश्मा पाण्डे, असल ऋणि फ्रेन्सु तामाङ, मेनुका नेपाली, बसन्ती गुरुङ, विष्णु माया स्याङ्तान, संगिता तामाङ, विवा खातुन, सुस्मा मगर गुरुङ, राम माया तामाङ, सरिता चौधरी, प्रमिला तामाङ, अनिता राई, लक्ष्मी दराई, सानु सुनार, सिता सुनार, शोभा विश्वकर्मा र साबित्री बस्नेतलाई सम्मान तथा पुरस्कृत गरिएकाे छ । कार्यक्रममा लुमन्तीका कार्यक्षेत्र संयोजक सिंह बहादुर वाईवा तामाङ र जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष गोविन्द भट्टराईले मन्तव्य तथा राष्ट्रिय सहकारी बैंकका प्रबन्धक किरण कुमार राई, नेपाल बसोबास बस्ती संरक्षण समाजका नगर अध्यक्ष दिल बहादुर लामा, विपन्न समुदाय व्यवस्थापन मञ्चका अध्यक्ष मायानाथ भट्ट, सालघारी टोल विकास संस्थाका अध्यक्ष राजिन तामाङ र पञ्चदीप युवा क्लबका अध्यक्ष राजु डंगोल अतिथि रहेका थिए ।
संस्थाकी उपाध्यक्ष मसिना श्रेष्ठले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सह-सचिव मायादेवी विकले गरेकी थिइन । कार्यक्रममा शेयर सदस्य ईश्वरी नेपालीले आफ्नो सफलताको कथा प्रस्तुत गरिन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष सुन्दरमणि सुवेदीले महिलाहरूद्वारा सञ्चालित सहकारीले समाज रुपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै वडा कार्यालयबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।




लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस