नेपाली कांग्रेस चितवन क्षेत्र नं १ द्वारा संघीय तथा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस
- यहाँ लेखको संक्षिप्त सारांश दिइएको छ:
- नेपाली कांग्रेस, चितवन क्षेत्र नं १ ले आगामी संघीय निर्वाचन र राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारहरूको नाम सर्वसम्मतिले सिफारिस गरी माथिल्लो निकायमा पठाएको छ।
- संघीय निर्वाचनको प्रत्यक्षतर्फ १२ जना (पुरुष ११, महिला १), समानुपातिकतर्फ ६ जना र राष्ट्रिय सभा सदस्यका लागि २ जनाको नाम सिफारिस गरिएको छ।
- सिफारिस गरिएका सबै उम्मेदवारहरूलाई समान प्राथमिकता र हैसियतमा राखी केन्द्रमा पठाइएको छ।
रत्ननगर, चितवन । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नं १ ले आगामी संघीय निर्वाचन (प्रत्यक्ष तथा समानुपातिक) र राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। क्षेत्र नं १ का प्रवक्ता राजन अधिकारीका अनुसार, पार्टीको विधान र केन्द्र तथा प्रदेश कार्यसमितिको निर्देशन बमोजिम मंसिर २३ गते बसेको बैठकले विभिन्न पदका लागि आकांक्षी उम्मेदवारहरूको नामावली सर्वसम्मत रूपमा माथिल्लो निकायमा पठाएको हो।
प्रवक्ता अधिकारीले दिएको जानकारी अनुसार संघीय निर्वाचनको प्रत्यक्षतर्फ (पुरुष) ११ जनाको नाम सिफारिस गरिएको छ। जसमा महासमिति सदस्य राजेन्द्र प्रसाद बुर्लाकोटी, ने.का. क्षेत्रीय सभापतिका प्रत्याशी इन्द्र कमल बुढाथोकी, महासमिति सदस्य उत्तम आचार्य, बागमती प्रदेश कार्यसमिति सदस्य कुमार कार्की, महासमिति सदस्य बासुदेव ढुंगाना, पूर्व महासमिति सदस्य कृष्ण प्रसाद सुवेदी, प्रदेश अधिवेशन प्रतिनिधि सुवास चन्द्र बराल, पूर्व महाधिवेशन प्रतिनिधि भरत प्रसाद खनाल, प्रदेश सभा क्षेत्रीय सभापति (ख) गोविन्द गौतम, महाधिवेशन प्रतिनिधि दिवाकर अर्याल र ने.का. चितवन काठमाडौँ सम्पर्क समितिका सभापति ऋषिश्वर थपलिया रहेका छन्।
त्यस्तै, संघीय निर्वाचन प्रत्यक्षतर्फ महिला कोटामा महासमिति सदस्य गिता देवकोटाको नाम सिफारिस गरिएको छ। समानुपातिक तर्फ भने ६ जनाको नाम अगाडि सारिएको छ। जसमा महासमिति सदस्य शुशिला उप्रेती, महाधिवेशन प्रतिनिधि शेर बहादुर परियार, नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय महामन्त्री गोपाल गिरी, क्षेत्रीय सदस्य बुद्धिसेन चौधरी, नेपाल महिला संघ जिल्ला सदस्य शोभा अर्याल र ने.का. पूर्व जिल्ला उपसभापति लिला भक्त उप्रेती रहेका छन्।
यसका साथै, राष्ट्रिय सभा सदस्य तर्फ दुई जनाको नाम सिफारिस भएको छ। जसमा पेशागत एवं बुद्धिजीवी केन्द्रीय विभाग सदस्य मान बहादुर थापा र पूर्व महासमिति सदस्य भिम प्रसाद थपलिया रहेका छन्। क्षेत्रीय सभापति किरण भूषण सिंह ओलीद्वारा हस्ताक्षरित पत्रमा सिफारिस गरिएका सम्पूर्ण नामहरू समान प्राथमिकता र समान हैसियतमा राखी केन्द्रमा पठाइएको व्यहोरा उल्लेख गरिएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस