रत्ननगरकी लोकप्रिय नेतृ संगीता भट्टराई रेग्मी बनिन् ‘MDRT’, राजनीतिसँगै बीमा क्षेत्रमा पनि रचिन् इतिहास
महिला अधिकार, समाजसेवा र राजनीतिमा आफ्नो छुट्टै र सशक्त पहिचान बनाउन सफल रत्ननगरकी लोकप्रिय नेतृ संगीता भट्टराई रेग्मी ले बीमा क्षेत्रमा पनि आफूलाई अब्बल प्रमाणित गर्नुभएको छ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (IME Life Insurance Company Limited) को न्युरोड शाखामा आबद्ध भई बीमा अभिकर्ताका रूपमा प्रवेश गर्नुभएकी रेग्मीले निकै छोटो समयमै ऐतिहासिक सफलता हासिल गर्नुभएको हो। उहाँले सयौं परिवारलाई बीमा मार्फत आर्थिक सुरक्षा प्रदान गर्दै विश्वका फाइनान्सियल एडभाइजरहरूको प्रतिष्ठित छाता संगठन ‘MDRT’ (Million Dollar Round Table) मा सन् २०२६ का लागि छनौट (Qualified) हुन सफल हुनुभएको छ।
राजनीतिक र सामाजिक कार्यमा सधैं अग्रपंक्तिमा रहने रेग्मीले व्यवसायिक पाटोमा पनि आफूलाई ‘विमा अभियान्ता’ का रूपमा स्थापित गराउनुभएको छ। छोटो अवधिमै कम्पनीको तोकिएको लक्ष्य पूरा गर्दै उहाँले यो प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि हासिल गर्नुभएको हो।
उहाँको यो सफलताप्रति शुभेच्छुक तथा सहकर्मीहरूले उहाँलाई ‘विमा क्षेत्रको उदयमान तारा’ को संज्ञा दिँदै बधाई ज्ञापन गरेका छन्। साथै, आगामी दिनमा बीमा क्षेत्रका थप उच्च उपाधिहरू हासिल गर्न सकियोस् भन्दै अग्रिम शुभकामना समेत व्यक्त गरिएको छ।
समाजसेवा र राजनीतिमा जस्तै बीमा क्षेत्रमा पनि उहाँको यो छलाङले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस