सानो दीप संस्थाद्वारा वीरगञ्जमा कम्बल वितरण

लोकप्रिय खबर
१ माघ २०८२, बिहिवार

वीरगञ्ज । चिसो मौसममा असहाय तथा गरिब वर्गलाई राहत पुर्‍याउने उद्देश्यले सानो दीप संस्थाको आयोजनामा वीरगञ्जको मुख्य घण्टाघर क्षेत्रमा निःशुल्क कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमअन्तर्गत चिसोबाट जोगिन कठिनाइ भोगिरहेका सडकआश्रित तथा न्यून आय भएका व्यक्तिहरूलाई कम्बलका साथै पानीसमेत वितरण गरिएको थियो। कठ्याङ्ग्रिने जाडोका कारण दैनिक जीवनमा समस्या भोगिरहेका नागरिकहरूलाई तत्काल राहत पुर्‍याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा सानो दीप संस्थाका अध्यक्ष कृष पटेलले संस्थाको उद्देश्य र सोचबारे प्रकाश पार्दै सानो प्रयासले पनि ठूलो परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले चेतना, करुणा र आशाको माध्यमबाट युवालाई सशक्त बनाउँदै आवश्यक परेकालाई सहयोग गरी उज्यालो र समुन्नत भविष्य निर्माणतर्फ संस्था निरन्तर क्रियाशील रहेको बताउनुभयो।

कार्यक्रममा संस्थाका सचिव दिव्यांशु कर्ण, कृपा कुमारी शाह, प्रियांशु चौरसिया, सहसचिव उज्वल गुप्ता लगायत विक्रम सिंह, अविनाश जसवाल, सुरज चौधरी, शुभम सराफ, अमन गुप्ता, प्रीति रौनियार, आलोक, दिपानसु लगायतको सक्रिय सहभागिता रहेको थियो।

उक्त कार्यक्रम सफल बनाउन  दुबई मा कार्यरत सखुवा प्रसौनि गाउँपालिका निवासी इन्जिनर अफजल हुसैन     प्रायोजकका रूपमा सहयोग गरेको संस्थाले जनाएको छ। स्थानीयस्तरमा सम्पन्न यस किसिमको सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश फैलिएको सहभागीहरूको भनाइ छ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI