अल्टिमा लाइफस्टाइलको काठमाडौं उपत्यकाबाहिर विस्तार, चितवनमा पहिलो स्टोर

लोकप्रिय खबर
११ माघ २०८२, आइतबार

चितवन, माघ ११
नेपालको अग्रणी अडियो तथा पहिरनयोग्य उपकरण ब्रान्ड अल्टिमा लाइफस्टाइल ले काठमाडौं उपत्यकाबाहिर विस्तार गर्दै चितवनमा पहिलो खुद्रा स्टोर सञ्चालनमा ल्याएको छ । चितवनसँगै आज नै कम्पनीले काठमाडौंको बौद्ध मा पनि नयाँ आउटलेट उद्घाटन गरेको छ ।

आउटलेट विस्तारसँगै अल्टिमा लाइफस्टाइलले नेपालभर आफ्ना उत्पादनको पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । नयाँ स्टोर उद्घाटनको अवसरमा कम्पनीले “अफरको महोत्सव” नामक विशेष अभियान सुरु गरेको छ, जसअन्तर्गत ग्राहकहरूले अल्टिमाका विभिन्न उत्पादनहरू आकर्षक छुट तथा निःशुल्क उपहारसहित प्राप्त गर्न सक्नेछन् ।

यसै अवसरमा अल्टिमा लाइफस्टाइलले नयाँ उत्पादन ‘अल्टिमा क्लियर माइक’ पनि सार्वजनिक गरेको छ । सामग्री सिर्जनाकर्ता, पेशेवर तथा सामान्य प्रयोगकर्तालाई लक्षित यस माइक्रोफोनमा एआई–सक्षम आवाज न्यूनिकरण प्रविधि समावेश गरिएको छ । यसले ५० मिटर सम्मको अवरोध–रहित रेकर्डिङ, तीन प्रकारका रेकर्डिङ मोड तथा टाइप–सी र लाइटनिङ रिसिभरको समर्थन प्रदान गर्छ ।

अल्टिमा क्लियर माइकको सुरुआती मूल्य रु. ३,४९९ तोकिएको छ भने यसको अधिकतम खुद्रा मूल्य रु. ७,९९९ रहेको छ । उद्घाटन समारोह अन्तर्गत बौद्ध र चितवन दुवै स्टोरमा ‘घुमाएर जित्ने’ अभियान सञ्चालन गरिएको छ, जसअन्तर्गत स्मार्ट घडी, अडियो डिभाइस, टेलिभिजन, वासिङ मेसिनलगायतका आकर्षक पुरस्कार जित्ने अवसर रहनेछ। एक जना भाग्यशाली विजेताले ५ ग्रामको सुनको सिक्का पनि प्राप्त गर्नेछन् ।
त्यसैगरी, जनवरी २५ देखि फेब्रुअरी ३ सम्म प्रत्येक दिन पहिलो १०० जना आगन्तुकलाई निःशुल्क उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।

अल्टिमा लाइफस्टाइलले चितवनमा पहिलो स्टोर उद्घाटनलाई स्वदेशी नेपाली ब्रान्डका लागि गर्वको क्षणका रूपमा लिएको छ र आगामी दिनमा देशभर आफ्नो खुद्रा सञ्जाल विस्तार गर्दै जाने जनाएको छ ।


आजको पञ्चाङ्ग
सुन / चाँदी
राशिफल
कान्छु AI