माछापुच्छ्रे बैंकद्वारा चक्रवर्ती आधारभूत विद्यालयलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग
तनहुँ, ६ साउन ।
माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत तनहुँको देवघाट गाउँपालिका–५ स्थित श्री चक्रवर्ती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरेको छ।

माछापुच्छ्रे बैंक टाँडी शाखा (रत्ननगर) को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा अतिरिक्त क्रियाकलापका लागि खेलकुदका सामानहरू हस्तान्तरण गरिएको हो।

देवघाट गाउँपालिका–५ का वडा अध्यक्ष श्री पूर्णबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माछापुच्छ्रे बैंकका क्षेत्रीय प्रबन्धक श्री प्रतिमा पाण्डेय प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै वक्ताहरूले बैंकले शिक्षा र खेलकुदको प्रवर्द्धनका लागि गरेको यो पहल प्रशंसनीय रहेको बताए। शैक्षिक सामग्रीले विद्यार्थीको पठनपाठनमा राहत पुग्ने र खेलकुद सामग्रीले उनीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने विश्वास वक्ताहरूले व्यक्त गरे। साथै, यस्ता सामाजिक सहकार्यले समुदाय र बैंकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने धारणा राखिएको थियो।

उक्त कार्यक्रममा माछापुच्छ्रे बैंक टाँडी शाखाका शाखा प्रबन्धक श्री आनन्द अधिकारी, क्षेत्रीय अधिकृत श्री सुनिल श्रेष्ठ, देवघाट वडा नं. ५ का वडा सदस्य श्री बुद्धिबहादुर पाण्डे, सुन्दरशिल टोल विकास संस्थाका अध्यक्ष श्री दुर्गालाल गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री विष्णुप्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक श्री अर्जुन सुवेदी, सरस्वती केन्द्र नेपालका अध्यक्ष डा. बसन्त प्रसाद अधिकारी लगायत स्थानीय बुद्धिजीवी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
हस्तान्तरण गरिएका सामग्रीहरूले विद्यार्थीहरूको दैनिक पठनपाठनका साथै विद्यालयको अतिरिक्त क्रियाकलापलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा लिइएको छ।



लोकप्रिय खबर
प्रतिक्रिया दिनुहोस